नेपालमा जलवायु परिवर्तनका असर ।

187

नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका कार्यक्रम सञ्चालन भइरहेका छन । केन्द्रदेखि जिल्ला हुदै गाउँसम्म जलवायु परिवर्तनका बारेमा बहस चल्ने गरेको छ । कतिपय गैरसरकारी संस्थाहरूले जलवायु परिवर्तनका बारेमा चेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएका छन् । जिल्ला र गाउँमा सञ्चालन भएका कार्यक्रमले स्थानीय समुदायलाई जलवायु परिवर्तनको प्रभावबारे जानकारी गराएको छ । स्थानीय समुदायका आवश्यकतालाई परिपूर्ति गरी पूर्वाधार निर्माणमा कार्यक्रमले सहयोग गरिरहेको छ । तर, पनि जलवायु परिवर्तनका बारेमा उल्लेखनीय परिवर्तन भने हुन  सकेको छैन ।

पृथ्वीको वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षात्मा हुने घटबढका कारण पृथ्वी तथा यसको कुनै भागमा औसत मौसममा हुने महŒवपूर्ण परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तनका असरले समुन्द्रीतटीय एवं टापुराष्ट्रहरू डुबानमा पर्छन् । जैविक विविधतामा नकारात्मक प्रभाव पर्न गएर मरुभूमीकरण हुन्छ । अतिवृष्टि, अनावृष्टि र हुरीबतास चल्छ । बाढी, पहिरो एवं भूक्षयले विनाश गर्छ । जलवायु परिवर्तन कम गर्न तथा परिवर्तित जलवायुमा सहज तरिकाले बाँच्ने अवस्था सिर्जना गर्न सकिन्छ । हरितगृह ग्याँसको मात्रा वा अनुपातमा कमी ल्याउनु र जलवायु परिवर्तनले ल्याएका असरहरूलाई कम गरी त्यसबाट जनजीवनमा आइपर्ने विपत्तिहरू न्यून गर्दै जीवन पद्धतिलाई सहज बनाउने अहिलेको आवश्यकता भएको छ ।

‘जलवायु परिवर्तन’ शब्द पढ्दा सुन्दा जति सरल छ, त्यतिनै जटिल पनि छ । सामान्य भाषामा बुझ्दा स्वाभाविक रूपमा परिवर्तन हुने मौसम परिवर्तन भन्ने पनि बुझिन्छ । मानिसको जीवनमा हरेक समय परिवर्तनशील छ । बिहानदेखि बेलुकासम्म मौसम क्षणक्षण परिवर्तन भइरहेको हुन्छ । सबैले बुझेको कुरा हो जो सामान्य प्रक्रिया पनि हो । जाडोको मौसममा जाडो हुन्छ गर्मीमा गर्मी हुन्छ बर्खामा वर्षा हुन्छ । यो सामान्य र स्वाभाविक प्रकृतिको नियम हो प्रक्रिया हो । सबैले थाहा पाएको कुरा हो चैत–वैशाख र जेठ महिनादेखि प्रचण्ड गर्मीको समय हो असार, साउन भदौ वर्षात्को समय हो । असोजदेखि अलि जाडो सुरुवात भएर बढ्दै माघमा अन्त्य हुन्छ । हरेक वर्षमा मनसुन आएर वर्षा हुन्छ भनेर सबैलाई थाहा छ । पुष, माघमा हिमालतिर हिउँ पर्छ हिउँ परे खेती हुन्छ यी सबै परिवर्तन जलवायु परिवर्तन भएर पनि परिवर्तन हुने होइन रहेछ । जुन स्वाभाविक हो त्यो परिवर्तन होइन भनेर विज्ञहरू बताउँछन् । जुन अस्वाभाविक परिवर्तन हो त्यही जलवायु परिवर्तन रहेछ । जस्तै ः बर्खामा वर्षा नहुनु, भए पनि धेरै दिनसम्म भएर अर्कै स्थिति उत्पन्न हुनु । हामीले देख्दै आएका कतिपय कुवाहरू सुकेका छन्, ताल पोखरीहरू सुकेका छन् । खोला नालाहरू सुक्दै गएका  छन् । यो नै जलवायु परिवर्तन हो ।

जलवायु परिवर्तन हुनाका विभिन्न कारण छन् । जो सामान्य देखिएता पनि खतराका लागि महŒवपूर्ण जिम्मेवारी हुन्छ । यसको मुख्य कारण कार्बनडाइअक्साइड हो जुन धुवाँबाट निस्कन्छ । दाउरा बाल्दा, इँटा कारखानाको धुवाँ, गाडीको धुवाँ विभिन्न तरिकाले सामग्रीहरू नष्ट भएर उत्पन्न हुने धुवाँ हो त्यही नै हरित ग्याँस हो । यो प्राकृतिक रूपले उत्पादन भइरहेको हुन्छ र मानवीय कारणबाट पनि उत्पादन भइरहेको हुन्छ । प्राकृतिक तरिकाले निस्कने हरितगृह ग्याँस  जस्तै :  गोबर, धानको खेतबाट विभिन्न सडेगलेका चिजहरू निस्कन्छ, वनजंगलमा डढेलो लाग्नु आगलागी हुनु । जसबाट कार्बनडाइअक्साइड उत्पन्न हुन्छ । प्राकृतिक रूपमा वायुमण्डलमा हुने हरितग्याँसले प्राणी जगत्लाई फाइदा पु¥याएको हुन्छ । उदाहरणका लागि जस्तै ः हामीले लुगा लगाउँछौं । लुगाले हामीलाई हाम्रो शरीरमा आवश्यक हावा शोषण गरेर र ताप प्रदान गर्छ । यस्तो जलवायु परिवर्तनको समस्या लगभग डेढ सय वर्षदेखि सुरु भएको अनुमान छ । जुन बेलादेखि ठूला उद्योगहरू सञ्चालन हुन थाल्यो, त्यस समयबाट नै जलवायु परिवर्तनका लक्षणहरू देखापर्दै आएका हुन् । कोइला खानी, पेट्रोल खानी, सिमेन्ट कारखानालगायत विभिन्न कारखाना मानिसका लागि आवश्यक सरल क्रियाकलापहरू नै जलवायु परिवर्तनका मुख्य कारक बन्दै आयो । जसको कारणले पृथ्वीबाट महŒवपूर्ण जनावरहरू लोप हुँदै गएका छन् । हरेक वर्ष गर्मी बढेको छ र बढ्दै जानेक्रम रोकिएको छैन ।

जलवायु परिवर्तनले साविकको समयभन्दा पहिले बिरुवामा फूल लाग्ने र चराले चा“डै अन्डा पार्ने गरेको छ । यसले गर्दा पक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुनगई सिंगो पारिस्थितिक प्रणालीमा नै असर पु¥याउन थालेको छ ।

पृथ्वीमा हजारौं वर्षमा एकपटक प्रलय हुने गरेको छ । त्यो अब नजिक भएर गएको छ । सचेत मानिसले भविष्यलाई बचाउन वर्तमानलाई सुधार नगरी हुँदैन । विकसित राष्ट्रका वैज्ञानिकहरू चिन्तित हुन थालेका छन । पृथ्वीलाई लौन बचाऔं भन्ने सकारात्मक सोच भएकाहरू अहिलेदेखि अपिल गर्न थालेका छन् । यदि यसलाई समयमै सचेत भएर हाम्रो व्यवहारहरूलाई सुधार नगर्ने हो भने अझै छिटो पृथ्वीको तापक्रम बढ्दै जाने कुरा निश्चित छ । पृथ्वीमा तापक्रम बढदै गयो भने पृथ्वीमा अवस्थित प्राणीहरूका लागि खतरा हो त्यसमा पनि उच्चस्तरको प्राणी हामी मानवहरूका लागि जटिल समस्या हो । कार्बनडाइअक्साइडलगायत प्राणीका लागि हानिकारक ग्याँसहरूको वृद्धिको मुख्य जिम्मेवार को हुन् त भन्दा हामी नै हौं । त्यसैले, हामीले नै यसको निराकरण र न्यूनीकरणका लागि उपाय नगरी हुँदैन । सबैभन्दा बढी हरितग्याँस उत्पादन गर्ने राष्ट्र पनि औद्योगिक राष्ट्रहरू हुन् । जस्तै ः भारत, चीन, ब्राजिल हुन् भने हाम्रो देश सानो भए तापनि हरितग्याँसको उत्पादन जनघनत्वको आधारमा बढी भएको अनुमान गरिन्छ । यसको ज्वलन्त उदाहरण काठमाडौंमा नाक छोपेर हिँड्नुपर्ने अवस्था, शुद्ध पिउने पानीको अभाव, विभिन्न रोगको वृद्धि । यही नै जलवायु परिवर्तनका  स्थितिहरू हुन् ।

पृथ्वीमा २४ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ । जहाँ १३ प्रतिशत जनसंख्या बसोबास गर्छन् । तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने अर्बौं जनसंख्यासमेत पर्वतीय क्षेत्रमै आश्रित छन् । तर, विश्वव्यापी जलवायु परिवर्तनको प्रभाव फैलिँदै जाँदा सबै क्षेत्रमा बसोबास गर्ने जनसंख्यालाई जलवायु परिवर्तनले असर पारिराखेको छ । विकसित तथा विकासशील मुलुकहरूले हरितगृह ग्याँस उत्सर्जन गर्दा विश्वको तापक्रम वृद्धि हुुन थालेपछि हिमालमा हिउँ पग्लेर वातावरण असन्तुलन बढेको छ । विगत ३० वर्षको नेपालको मौसमको अवस्था विश्लेषण गर्ने हो भने हरेक वर्ष शून्य दशमलव ६ डिग्री सेन्टिग्रेड तापक्रम बढेको छ । हिमाली क्षेत्रको तापक्रम सबैभन्दा बढी शून्य दशमलव १२ डिग्री सेन्टिग्रेड बढेको पाइएको छ । जलवायु परिवर्तनसम्बन्धी पछिल्लो समयमा केही प्रयास भएका छन् । हरित विकासको अवधारणालाई प्रोत्साहन दिई मानवीय क्रियाकलाप र विकास निर्माणलाई वातावरणमैत्री बनाउँदै जलवायु परिवर्तनबाट हुने प्रतिकूल असरलाई न्यूनीकरण गर्ने एवं अनुकूलित बनाउने, सहरहरूको प्रदूषणलाई रोकथाम गर्ने र ग्रामीण क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाइ राख्ने उद्देश्यले  अन्तर्राष्ट्रिय दातृ निकाय र सरकार एवं विभिन्न संघसंस्थाहरूले काम गर्दै आएका छन् । तरपनि, ती कामका लागि आएको रकम सबै लक्षित क्षेत्रमा खर्च हुन भने सकेको छैन ।

जलवायु परिवर्तनले साविकको समयभन्दा पहिले बिरुवामा फूल लाग्ने र चराले चाँडै अन्डा पार्ने गरेको छ । यसले गर्दा पक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुनगई सिंगो पारिस्थितिक प्रणालीमा नै असर पु¥याउन थालेको छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिंगा र लामखुट्टेजस्ता रोगवाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ । तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रम वृद्धि भएको छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या उत्पन्न भएको छ । जस्तै ः नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुनगई व्यापक बसाइँसराइ देखापर्न थालेको छ । वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू–क्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन् । पहाडी भागमा व्यापक बाढीपहिरो जानुका साथै स–साना खोल्सा, मूलकुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न थालेको छ । यसैगरी, तापक्रमको वृद्धिसँगै झिंगा तथा लामखुट्टेको पनि वृद्धि भई मलेरिया, पहेंलो ज्वरो, डेंगु इन्सेफलाइटिस जस्ता सरुवा रोगको प्रकोप बढेको छ । कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँनयाँ झार तथा रोग कीराको आगमनले नकारात्मक असर पारेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !