महाकालीमा हाम फालेकी महिलाको हेलिकोप्टर बाट उद्धार

0
1860

विरा दत्त भट्ट, दार्चुला ।
महाकाली नदीमा हाम फालेकी महिलाको जिल्ला अस्पत्ताल दार्चुलामा उपचार हुन नसकेपछि हेलीकोप्टर मार्फत उद्धार गरिएको छ ।
विहानै महाकाली नदीमा बगिरहेको अवस्थामा प्रहरीले सपना ऐतवालको उद्धार गरेको थियो ।
जिल्ला अस्पत्ता दार्चुलामा उपचार सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पत्ताल दार्चुलाका प्रमुख डा. गजेन्द्र दुवालले जानकारी दिनुभयो ।
ऐतवालको उद्धारका लागी नेपाली सेनाको एनए ०५५ नम्बरको हेलिकोप्टर दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा पुगेको थियो ।
जिल्ला अस्पत्तालबाट एम्बुलेन्समा गुल्म सम्म ल्याएर उनलाई थप उपचारका लागी जिल्ला बाहिर लगीएको छ ।
महिलाका श्रीमान नेपाली सेनामा कार्यरत रहेकाले नेपाली सेनालाई अनुरोध गरि उद्धारका लागी हेलीकोप्टर आएको श्रोतले जानकारी दिएको छ ।