२७ वटा ट्युबहरु बरामद

0
1596

विरा दत्त भट्ट, दार्चुला ।

महाकाली नदीमा अबैध रुपमा आवत जावत गर्न प्रयोग हुने २७ वटा ट्युबहरु प्रहरीले बरामद गरेको छ । मालिकार्जुन गाउँपालिकाको जौलजीवी देखी लेकम गाउँपालिकाको लाली सम्मका महाकाली नदी किनारका बस्तीहरुले प्रयोग गर्दै आएका २७ वटा ट्युबहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं डिएसपी दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
नेपाल सरकारले लकडाउन घोषणा गरेदेखी प्रहरीले महाकाली नदीमा अबैध आवत जावतका लागी प्रयोग भइरहेका ट्युबहरु नियन्त्रणमा लिन थालेको डिएसपी शाहीले बताउनुभयो ।
नेपालमा क्षेत्रमा हाल एउटा पनि ट्युब नभएको डिएसपी शाहीको दाबी छ । “उक्त क्षत्रमा नेपालमा एउटा ट्युब पनि छैन, भारतबाट राती पैसा लिएर तार्ने काम भइरहेको छ” , डिएसपी शाहीले भन्नुभयो ।