अन्तर्राष्ट्रिय सीमा नाका बन्द

0
1422

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीन तथा भारतसंग जोडिएका सबै नाकाहरु बन्द गरिएको छ ।
दार्चुला लगायत देशैभरिका सिमा नाका सोमबार बिहान १० बजेदेखि चैत्र १६गते सम्मका लागी बन्द गरिएकोे प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो ।
चैत्र ७ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको देशबासीका नाममा भएको सम्बोधन, गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको चैत्र ९ गतेको निर्देशन र जिल्ला सुरक्षा समिति दार्चुलाको निर्णय अनुसार आज विहान १२ बजेदेखि चैत्र १६ गते राती १२ बजेसम्मका लागि सीमा नाका बन्द गर्न लागिएको हो ।
यस अवधिमा सीमा नाकाहरुमा यात्रुहरुको आवागनम स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला जिल्लामा मात्रै खलंगा पुलघाँट, दत्तु, जौलजीवि, लाली र तिगर पुल घाँट अर्काे सुचना नआए सम्म सात दिनका लागि बन्द गरिएको छ ।
साथै आजै देखि लामो दुरीका सवारी साधनहरु पनि केही दिनका लागि बन्द गरि गरिएको छ ।