अपिनाम्पा हाकिमको काज सरुवा

0
2208

अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको काज सरुवा भएको छ । अढाई वर्षदेखि दार्चुलामा कार्यरत उपाध्यायको साउन ११ गते वन तथा भूसंरक्षण मन्त्रालयले सरुवा गरेको हो ।
२०७२ चैत्र २१ गतेदेखि प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी रहेका उपाध्यायलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा काज सरुवा गरिएको हो । नेपाल सरकारको सचिवस्तरीय निर्णयबाट उपाध्यायको काज सरुवा भएको सहायक संरक्षण अधिकृत पशुपति अधिकारीले बताउनुभयो ।
भदौ महिनामा कर्मचारी सरुवाको नियमित समयतालिका भएकाले हाललाई उपाध्यायलाई विभाग तानिएको छ । अपिनाम्पामा उपाध्यायको ठाँउमा अर्को व्यक्तिलाई पठाइएको छैन । सहायक संरक्षण अधिकृत पशुपति अधिकारीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।
यार्सागुम्बा व्यवस्थापन सही ढंगले गर्न नसकेको र आफ्नै कर्मचारीसंग दुव्र्यवहार गरेको आरोप प्रमुख संरक्षण अधिकृत उपाध्यायलाई लागेको थियो । अपिनाम्पाका कर्मचारीहरुले विभागका महानिर्देशकलाई नै गत असारमा उपाध्यायका विरुद्ध लिखित उजुरी नै दिएका थिए । अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पदाधिकारीसंग पनि प्रमुख संरक्षण अधिकृतको तालमेल थिएन । धेरैजसो पदाधिकारीहरु उपाध्यायसंग रुष्ट थिए ।
केही समयअघि दार्चुलाका प्रतिनिधिसभा सदस्यहरुसहित स्थानीय तहका प्रमुखहरुले वन मन्त्रीलाई भेटेरै उपाध्यायको सरुवाको प्रयास समेत गरेका थिए । उपाध्यायको ठाँउमा पठाउन अर्को व्यक्ति नपाइएको र आर्थिक वर्षको अन्तिम समय भएकाले असारमा उपाध्यायको सरुवा रोकिएको स्रोतले बतायो ।
दार्चुलाबाट सरुवा भएलगत्तै प्रमुख संरक्षण अधिकृत उपाध्याय साउन १३ गते काठमाण्डौ हिडेका छन् । सरुवाको जानकारी हप्तौसम्म कसैलाई नभएको अपिनाम्पाका एक कर्मचारीले बताए । कार्यालयको गाडीमा साउन १३ गते उपाध्याय जिल्लाबाट बाहिरिएका थिए । उपाध्यायलाई चितवन हुँदै काठमाण्डौमा पुर्याएर अपिनाम्पाको गाडी १० दिनपछि दार्चुला फर्किएको ती कर्मचारी बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here