उत्तराखण्डमा सबै पर्यटकहरुमा रोक

0
1963

विरा दत्त भट्ट, दार्चुला ।
भारतको उत्तराखण्ड प्रदेश सरकारले आफ्नो प्रदेशमा विदेशी र आन्तरीक पर्यटकहरुमा रोक लगाएको छ । शुक्रबार स्वास्थ्य सचिव नितेस झा ले पर्यटकहरुमा रोक लगाउने आदेश जारी गर्दै उत्तराखण्डमा कोरोना भाइरस संक्रमणको पहिलो चरण चलेको बताएका छन् । अन्य ब्यक्तिहरुमा कोरोनाको संक्रमण फैलिन नदिन यो निर्णय गरेको उनले बताए ।
नयाँ निर्णय नभए सम्मका लागी उत्तराखण्डमा आन्तरीक र बाह्य पर्यटकहरुमा रोक लगाइएको उत्तराखण्ड सरकारले जनाएको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
भारत सरकारले ६५ बर्ष भन्दा माथिका नागरिक र बालबालीकाहरुलाई ३१ मार्च सम्म घरमा रहन अपील गरेको छ । स्वास्थ्य सचिव नितेस झा ले मेसडकल सेवा र अन्य अत्यावस्यक सेवा बाहेक कार्यरत ब्यक्तिहरुलाई पनि घरमै रहन आग्रह गरेका छन् ।
उत्तराखण्ड बोर्ड परिक्षा भने रद्द नहुने
उत्तराखड सरकारले बोर्ड परीक्षा भने जारी राख्ने निर्णय गरेको छ । शिक्षा सचिव आर मिनाक्षी सुन्दरम्ले परिक्षा नरोकीने पुष्टी गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
राज्य बोर्डको परिक्षा २ मार्च बाट सुरु भएको थियो भने २५ मार्चमा समाप्त हुनेछ । एक अधिकारीका अनुसार परिक्षामा स्वास्थ्य सुरक्षाको ब्यवस्थापन पनि गरीएको छ ।