उद्योग बाणिज्य संघ द्धारा जिल्ला प्रशासन कार्यालय दार्चुलालाई मास्क हस्तान्तरण

0
2006

दार्चुला, चैत्र ११ गते ।

उद्योग वाणिज्य संघ दार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई १ हजार थान मास्क हस्तान्तरण गरेको छ । विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) फैलिरहेका बेला उद्योग बाणिज्य संघ दार्चुलाले जिल्ला प्रशासन कार्यालय लाई मास्क हस्तान्तरण गरेको हो ।

उक्त मास्कलाई जिल्लामा अत्यावश्यक सेवामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु लगायतलाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको भनाई छ ।
उद्योग वाणिज्य संघ दार्चुलाका महासचिव मिलन अवस्थी र कार्यसमिति सदस्य भुवनसिह धामीले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लाई मंगलबार मास्क हस्तान्तरण गरेका हुन् ।