उद्योग वाणिज्य संघमा १३ सल्लाहकार र दुई सदस्य थपिए

0
2248

दार्चुला, मंसिर १८ गते ।
दार्चुला उद्योग वाणिज्य संघमा १३ जना सल्लाहकार र दुइ कार्य समिति थपिएका छन् । संघको मंगलवार सम्पन्न कार्य समिति बैठकले १३ जना सल्लाहकारको चयन गरेको अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो ।
करनसिह कुवर, जगतसिह ठगुन्ना, सुरेशसिह भाट, दुश्यन्तराज अवस्थी, माधवप्रसाद भट्ट र हरकसिह ठगुन्नालाई सल्लाहकार बनाइएको छ । यसैगरी, मोहनीदेवी अवस्थी, भगवती बडाल, गायत्री रावल, कम्मानसिह ठगुन्ना, देवसिह महर, महेशराज पन्त, जितसिह धामी र शंकरसिह धामी पनि सल्लाहकार चयन भएका छन् ।
दार्चुला उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन भएपछि पहिलो पटक सल्लाहकारहरुको चयन गरेको हो । यसैगरी, निवर्तमान अध्यक्षसहित २० जनाको कार्य समितिमा दुईजना थपिएका छन् । नौगाड गाँउपालिका १ इयरकोटका प्रेमसिह डडाल र व्यास गाँउपालिका ४ सुन्सेराका चन्द्रा कुवरलाई कार्य समिति सदस्यमा मनोनित गरिएको अध्यक्ष ठगुन्नाले जानकारी दिनुभयो ।