एक महिनाभित्र सिट क्षमता बढाउन र प्रालि दर्ता गर्न समयसीमा

0
2544

दार्चुला, मंसिर ९ गते ।
सरोकारवालाहरुको बैठकले दार्चुलाका जीप व्यवसायीहरुलाई एक महिनाभित्र सिट क्षमता बढाउन र प्रालि दर्ता गर्न समयसीमा दिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सार्वजनिक यातायातलाई सहज बनाउन छलफल गरी एक महिनाभित्र जीपहरुलाई सिटको क्षमता बढाउने समयसीमा दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित निकायबाट अनुमति लिएर जीपहरुलाई सिटको क्षमता बढाउन आग्रह गरेको छ ।
जीप व्यवसायीलाई प्रालि दर्ता गरी व्यवस्थित रुपमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्न पनि भनिएको छ र्। सम्बन्धित निकायबाट अनुमति लिएर क्षमताअनुसार जीपसेवा सञ्चालन गरिसक्न एक महिनाको समयसीमा दिएका छौ’ प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयोर्, यही अवधिभित्र व्यवसायीलाई प्रालि दर्ता गरी व्यवस्थित रुपमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्न भनेका छौ ।’
नेपाल सरकार र जिल्ला यातायात व्यवस्थापन समितिले निर्धारण गरेको भाडादरभन्दा बढी गाडीभाडा नउठाउन पनि व्यवसायीहरुलाई भनिएको छ र्। निर्धारण गरिएकोभन्दा बढी गाडीभाडा उठाएको पाइएमा कारवाही गरिने’ प्रजिअ आचार्यको भनाई छ ।
एक हप्ताअघि प्रहरीले जीपहरुको पछाडीको भागमा रहेका सिटहरु हटाएको छ । रुट अनुमति र यातायात व्यवस्था विभागको स्वीकृति अनुसार मात्र यात्रु बोक्न प्रहरीले व्यवसायीलाई भनेको छ । जिल्लामा सञ्चालित अधिकांश जीपहरुसंग ५ जना मात्रै चढ्ने स्वीकृति छ ।
प्रहरीले जीपको पछाडिको सिट निकालेपछि आफुहरुले ४ जना यात्रु बोकेर मात्रै सेवा दिन नसक्ने जीप व्यवसायी समितिका अध्यक्ष मोहनदेव पन्तले बताउनुभयो । ४ जना यात्रु बोकेर सेवा दिदा डिजेलको खर्च समेत उठ्न नसक्ने उहाँको भनाई छ ।
प्रहरीले भने क्षमताभन्दा बढी यात्रु बोक्नमा कडाइ गर्ने निर्देशन आएको बताएको छ । केन्द्रस्तरको निर्देशनअनुसार नै यातायात क्षेत्रलाई व्यवस्थित बनाउन लागिएको दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो र्। जिल्लामा क्षमताभन्दा बढी यात्रु सवार गाडी दुर्घटना भएका सम्बन्धित क्षेत्रको प्रहरी प्रमुखलाई कारवाही गरिने’ व्यहोरा कडा निर्देशन आएपछि दार्चुला प्रहरीले यातायात क्षेत्रमा कडाइका साथ नियमन गर्न खोजेको छ ।
एक महिनाको समय दिएर जीपहरुको सिट क्षमता बढाउने निस्कर्ष आएपछि दार्चुलामा देखिएको यातायात समस्या तत्काल समाधान हुने अपेक्षा गरिएको छ । प्रहरीले जीपको पछाडीको सिट हटाउदा र जीप व्यवसायीले बुकिङको नाममा बढी भाडा लिएर गाडी चलाउदा एक हप्तादेखि दार्चुलाको सार्वजनिक यातायात प्रभावित बन्दैआएको छ ।