एक वर्षमा ५१ को अकाल मृत्यु

1947

दार्चुला, माघ २८ गते ।
दार्चुला जिल्लाभरी गत आर्थिक वर्षमा विभिन्न दुर्घटनामा परि ५१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २०७५÷७६ मा जिल्लाभरी ५१ जनाको मृत्यु भएको हो ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी आत्महत्या गरि १८ जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा कम तीन जनाको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
चालु आर्थिक वर्षकोे यो अवधिसम्म ७ जनाले आत्महत्या गरि ज्यान गुमाएका छन् भने भबितब्य दुर्घटना अन्तरगत ७ जनाको ज्यान गएको प्रहरी तथ्यांक छ । यस्तै पानीमा डुबेर चालु आर्थिक वर्षमा ३ जनाको ज्यान गएको छ ।
गतवर्ष भबितब्य अन्तरगत १५ जनाको ज्यान गएको छ भने सवारी दुर्घटनामा परी १५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएपी दिपेन्द्र शाहीले बताउनु भयो । सवारी दुर्घटना अन्तरगत एउटा बस, दुर्ई ओटा जीप र एउटा मोटरसाइकल गरि जम्मा ४ ओटा सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय दार्चुलाका ट्राफिक प्रहरी सहायक निरीक्षक राजेन्द्र बहादुर विष्टले बताउनुभयो ।
चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन महिनामा भएको सवारी दुर्घटनामा एकजना, पुष महिना भएको सवारी दुर्घटनामा एक जना र माघ महिनामा भएको जीप दुर्घटनामा एक गरी जम्मा तीन जनाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको भाद्र, असोज, कात्र्तिक र मंसिर महिनामा सवारी दुर्घटना नभएको प्रहरीले जनाएको छ । चार महिनासम्म सवारी दुर्घटना नभएको दार्चुलामा पुष र माघ महिनामा भने एउटा–एउटा दुर्घटना भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !