एसडीएम शुक्लाले नेपाल भारत जोड्ने बालुवाकोट पुलको निरीक्षण गरे

0
1987

विरा दत्त भट्ट, दार्चुला
भारतको धारचुलाका एसडीएम अनिल कुमार शुक्लाले नेपाल भारत जोड्ने बालुवाकोट पुलको निरिक्षण गरेका छन् । शुक्रबार एसडीएम शुक्लाले नेपाल-भारत जोड्ने उक्त नाकामा भइरहेको कोरोना भाइरसको चेकजाचको निरिक्षण गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
निरिक्षणका क्रममा एसडीम शुक्लाले कोरोना भाइरसको चेकजाचँका लागी खटिएका स्वास्थ्यकर्मीहरुलाई नेपाल बाट भारत तर्फ गइरहेका मानिसहरुलाई सघन तरिकाले चेकजाचँ गर्न निर्देशन दिएका छन् ।
साथै जाराजिबली गाउँमा भाइरल फिबरका विरामीहरुका लागी शिविर सञ्चालन गरेर उपचार गरीएको र उक्त गाउँका सबै नागरिक स्वस्थ्य रहेको उनले बताएका छन् ।