काज मिलाउनका लागि विद्यालयलाई मासिक ३० हजार दिदै शिक्षक

0
986

विरा दत्त भट्ट, दार्चुला

ब्यास गाउँपालिकाको वडा नं ६ हुतीमा कार्यरत एक जना शिक्षकलाई मासिक ३० हजार विद्यालयलाई बुझाउने शर्तमा काजमा पठाइएको पाइएको छ । ब्यास गाउँपालिकाको वडा नं ६ हुतीमा रहेको हिमालय मावि हुतीमा कार्यरत शिक्षक राम दत्त पन्तलाई मासिक ३० हजार विद्यालयलाई बुझाउने गरि लेकम गाउँपालिकामा काजमा खटाइएको छ ।
अंग्रजी मावि द्धितिय श्रेणीका स्थाई शिक्षक राम दत्त पन्तलाई ब्यास गाउँपालिका,विद्यालय ब्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाको सहमतिमा काजमा जाने शिक्षकले आफ्नो सट्टा शिक्षकको ब्यवस्था गरि जान पाउने सहमतिमा काजमा छोडीएको हिमालय माद्यमिक विद्यालय हुतीका प्रधानाध्यापक ऐन बहादुर चन्दको भनाई छ । शिक्षक राम दत्त पन्तले सहमति अनुसार मासिक ३० हजार विद्यालयलाई छोडेकाले उहाँको सट्टामा शिक्षक राखी केहि महिना पढाई सञ्चालन गरेको प्रधानाध्यापक चन्दको भनाई छ ।
नियमअनुसार काजमा गएका कर्मचारीले आफ्नो दरबन्दी रहेको स्थानिय तहबाट तलभ खानुपर्ने र विद्यालयलाई आफ्नो तलभ नछोड्नुपर्ने हो तर आफ्नो तलभ छोड्नु नियम संगत नभएको सरोकारवालाहरुको भनाई छ ।
आफुले त्यसरी पैसा विद्यालयलाई नछोडेको दाबी गरिरहेका शिक्षक राम दत्त पन्तले पछि आफुले पैसा दिएको स्विकारेका छन् । आफु लेकममा काजमा आएपछि आफ्नो सट्टा उक्त विद्यालयमा पढाइरहेका शिक्षकलाई लेकम गाउँपालिकाले तलभ दिनुपर्ने भएपनि कागज प्रक्रियामा ढिला भएकाले आफ्नो सट्टाका शिक्षकलाई तलबका लागी पैसा दिएको शिक्षक राम दत्त पन्तको भनाई छ ।
साउन महिना देखि लेकम गाउँपालिका काजमा गएदेखि पुस महिना सम्म विद्यालयलाई आफ्नो तलब बाट पैसा दिएको शिक्षक पन्तले बताउनुभयो ।
शिक्षक पन्तले स्वास्थ्य समस्या भएको र आफु ब्यास गाउँपालिका बाट तलब नलिने भनेपछि गाउँपालिकाले काजमा पठाउन सहमत भएको ब्यास गाउँपालिका शिक्षा शाखा प्रमुख केशव राज ओझाको भनाई छ । काज अवधि समाप्त भइरहेकाले नयाँ शैक्षिक सत्रमा ब्यास गाउँपालिकामा नै फिर्ता गरिने शिक्षा शाखा प्रमुख ओझाले बताएका छन् ।