कैलाशपति आधारभूत विद्यालयको पहिलो वार्षिकोत्सव

0
1925

दार्चुला, पुष ११ गते ।
महाकाली नगरपालिकाको वडा नम्बर ४ बंगाबगरस्थित कैलाशपति आधारभूत विद्यालयले शुक्रवार पहिलो पटक वार्षिकोत्सव मनाएको छ । विद्यालय स्थापना भएको ७२ वर्षपछि पहिलो पटक वार्षिकोत्सव मनाएको प्रधानाध्यापक डम्बरवहादुर सिंहले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ललितसिह बोहराको अध्यक्षतामा भएको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा महाकाली नगरपालिका प्रमुख हंसराज भट्ट प्रमुख अतिथि रहनुभएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालय स्थापना एवं सञ्चालनमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
वार्षिकोत्सव कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक डम्बरवहादुर सिंहले विद्यालयमा १ सय ७० जना वालवालिकाले अध्ययन गरिरहेको बताउनुभयो । छात्रको संख्या ९३ छ भने ७७ छात्रा रहेका छन् । विद्यालयमा ९० जना दलित समुदायका वालवालिका अध्ययनरत छन् ।
२००४ सालमा स्थापना भएको कैलाशपति आधारभूत विद्यालयमा हाल १४ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
वार्षिकोत्सव समारोहमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्त, महाकाली नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पुष्करराज जोशी, वडा नम्बर ५ का वडाअध्यक्ष तोरणप्रसाद अवस्थी, व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिह बोहरा विशिष्ट अतिथि रहनुभएको थियो ।