कोरोना कहरः व्याँस गाउँपालिकाको हिउदे अधिबेशन स्थगित

0
1724

विरा दत्त भट्ट, दार्चुला
विश्वब्यापी रुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसको प्रभावका कारण व्याँस गाउँपालिकाको चैत्र १० गते तय गरिएको हिउँदे अधिबेशन स्थगित गरिएको छ ।
कोरोनाको प्रकोप फैलिरहेकाले व्याँस गाउँपालिकाको चैत्र १० गते तय गरिएको हिउँदे अधिबेशन स्थगित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताउनु भयो ।
अर्काे सूचना नहुदाँसम्मका लागि गाउँपालिकाको हिउँदे अधिबेशन स्थगित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझाले जानकारी दिनुभयो ।
व्याँस गाउँपालिका अध्यक्ष दिलिपसिँह बुढाथोकीको अध्यक्षतामा शनिवार बसेको गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिका स्तरीय रोकथाम जनचेतना तथा नियन्त्रण समिति गठन गरिएको छ । गाउँपालिका अध्यक्षको बुढाथोकीको अध्यक्षतामा २५ सदस्यीय कोरोना भाइरस रोकथाम जनेचतना तथा नियन्त्रण समिति गठन गरिएको छ ।
उक्त समितिमा उपाध्यक्ष, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य चौकी इन्चार्ज, स्वास्थ्य संयोजक, ५ जना समाजसेवी रहने गरि २५ सदस्यीय समिति गठन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझाले बताएका छन् ।