क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कुटिए

0
1410

बैतडी, चैत्र १३ गते ।

बैतडीको पुरचौडी नगरपालिकामा क्वारेन्टाइनमा खटिएका स्वाथ्यकर्मी कुटिएका छन् । आफ्नो भतिजलाई क्वारेन्टाइनमा राखेको भन्दै पुरचौडी नगरपालिकाको जागरीगाउँका स्थानिय नरेन्द्र जागरीले क्वारेनटाइनमा खटिएका स्वास्थ्यकर्मी अहेब कर्ण बहादुर धामीलाई कुटपीट गरेका हुन् ।
बुधबार राती साढे १० बजे तिर भुमिराज माविमा राखीएको क्वोनटाइन स्थलमा पुगेर क्वारेनटाइनमा खटिएका स्वाथ्यकर्मीलाई कुटपीट गरेको स्थानिय पत्रकार हरी साउदले जानकारी दिनुभयो ।
पुरचौडी नगरपालिकाले भारतको विभीन्न सहरहरुबाट भित्रीएका ५ जनालाई वडा नं ५ मा रहेको भुमीराज मावि काटैमा क्वारेनटाइनमा राखेको थियो ।
घटना पश्चात कुटपीट गर्ने नरेन्द्र जागरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटना बारे छानविन गरि प्रचलित कानुन अनुसार दोषीलाई कारवाहीको माग गर्दै पुरचौडी नगरपालिकाले विज्ञप्ती जारी गरेको छ ।
कोरोना भाइरसको जोखीम घटाउन लकडाउन गरिएको अवस्थामा सहयोग गर्नुको साटो स्वास्थ्कर्मीमाथि हातपात हुनु क्षम्य घटना नभएको विज्ञप्तीमा भनिएको छ ।
“डिउटीमा खटिएको स्वास्थ्यकर्मी माथि आक्रमण गरि ज्यान सम्म लिने हर्कत गरिएकाले निजको तत्काल उपचार र सत्यसथ्य छानविन गरि दोषीमाथि कारेवाहीको माग गर्दछौ” पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार कुवर र निमित्त प्रमुख प्रशासकिय अधिकृत पृथ्वी राज अवस्थीले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।