खेलकुदको मुद्दामा विशेष अदालतको सफाई

0
2498

दार्चुला, भदौ ६ गते ।
दार्चुला सदरमुकामस्थित कभर्ड निर्माणमा भ्रष्टाचार भएको आरोपसहित अख्तियारले चलाएको मुद्दामा तत्कालिन जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र तीनजना कर्मचारीले सफाई पाएका छन् ।
विशेष अदालतले बुधवार सुनुवाई गर्दै आरोपित सबैजनालाई सफाइ दिएको छ । आर्थिक वर्ष २०६६÷६७ देखि २०६९÷७० सम्मको खेलकुद क्षेत्रको बजेट र कार्यक्रमबाट अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
तत्कालिन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मञ्जु बम तथा सदस्यहरु कल्यानसिह धामी, भूपेन्द्र अवस्थी, दानसिह निरौला, हरिशचन्द्र भट्ट र मानसिह विश्वकर्मा विरुद्ध मुद्दा दर्ता गरिएको थियो । यसैगरी प्राविधिक मूल्यांकनमा मिलेमतो गरेको आरोपमा तत्कालिन जिल्ला प्राविधिक कार्यालय प्रमुख इन्जिनियर मदनराज जोशी, इन्जिनियर शेखरचन्द्र बडू र जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव श्यामराज अवस्थीलाई पनि विपक्षी बनाइएको थियो ।
विशेष अदालतमा मुद्दा दर्ता भएसंगै तीनैजना कर्मचारीहरु निलम्बनमा परेका थिए । बुधवार मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले आरोपित सबैलाई सफाई दिएको विपक्षीमध्येका एक कल्यानसिह धामीले बताउनुभयो ।
विशेष अदालतले आरोपित सबैलाई सफाई दिएको खबर आफुले सुने पनि फैसलाको विस्तृत विवरण पाउन बाँकी रहेको जिल्ला खेलकुद विकास समितिका तत्कालिन सदस्य हरिशचन्द्र भट्टले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here