गोकुलेश्वरमा आयोजित टी ट्वाइन्टी क्रिकेट कप फाईन, बस्कोट सुपर किङले जित्यो उपाधी ।

0
2341

शैल्यशिखर नगरपालिको गोकुलेश्वरमा सञ्चालित टी ट्वाइन्टी क्रिकेट कप सम्पन्न भएको छ । चैलानी क्रिकेट क्लबको आयोजना तथा नगरपालिकाको सहयोगमा सञ्चालित टी ट्वाइन्टी क्रिकेट कप प्रतियोगिता आज समापन भएको हो ।
असार ८ गते शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा चौलानी क्रिकेट क्लबको आयोजनामा पहिलो पटक टी ट्वान्टी क्रिकेट कप प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष किशोरसिँह साउँदले जानकारी दिनुभयो । चौलानी क्रिकेट क्लबका अध्यक्ष किशोर साउँदको अध्यक्षता एवं शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिँह धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गरिएको हो ।
प्रतियोगिताको उपाधी बस्कोट सुपर किङले जितेको छ । प्रतियोगितामा विजेता टीम बस्कोट सुपर किङलाई ५३ हजार १ सय ५१ रुपैयाँ ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै प्रतियोगिताको उपविजेता महाकाली क्रिकेट क्लबलाई २५ हजाचर १ सय ५१ ट्रफी र प्रमाण प्रत्र प्रदान गरिएको चौलानी युवा क्लब गोकुलेश्वरले जनाएको छ ।
यस्तै सान्तवनामा चौलीनी क्रिकेट क्लब र सुनीतम क्रिकेट क्लब परेका छन् । दुबै टीमलाई ३ हजार ५ सयका दरले पुरस्कार वितरण गरिएको छ । यस्तै म्यान अफ द फाईन गेम घोषित हुने दिनेश विष्टलाई ५ सय, बेष्ट वलर घोषित हुने मुकेश चन्दलाई ३ हजार, बेष्ट म्यान दिपेन्द्र चन्दलाई ३ हजार र म्यान अफ दी सिरिज मुकेश चन्दलाई ५ हजार रुपैयाँ प्रदान गरिएको नयाँ नेपाल सहकर्मी राजेन्द्र साउँदले खबर पठाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here