चमेलियालाई प्राधिकरणको कदरपत्र

0
2437

दार्चुला, भदौ १ गते ।
नेपाल विद्युत प्राधिकरणले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा चमेलिया जलविद्युत आयोजनालाई कदरपत्रमार्फत सम्मानित गरेको छ । शुक्रवार काठमाण्डौमा आयोजित प्राधिकरणको वार्षिकोत्सवमा आयोजनालाई सम्मानित गरिएको हो ।
दार्चुला जिल्लामा सञ्चालित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी गत माघ २७ गते उद्घाटन गरिएको थियो । आयोजना सफलतापूर्वक निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारणमा आवद्ध भएकोले राष्ट्रको ऊर्जा तथा आर्थिक विकासमा योगदान पुर्याएकोमा कदरपत्र दिइएको हो ।
कदरपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षामान पुन अनन्त, सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको छ । प्राधिकरणले सम्मानित गरेकोमा आयोजना प्रमुख अजयकुमार दाहालले खुशी व्यक्त गर्नुभएको छ । सबै पक्षको सहयोग र योगदानले चमेलियाको निर्माण सम्पन्न हुन सकेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here