चर्काे भाडाको बिरोधमा प्रशासनलाई ज्ञापन

2368

दार्चुला, पुष २४ गते ।
दार्चुला जिल्लामा जीपहरुले मनपरी भाडा असुलेको भन्दै नागरिकहरुद्वारा पहिलो पटक जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
पछिल्लो समय दार्चुला जिल्लामा जीप व्यवसायीहरुले मनपरी भाडा असुलेको भन्दै त्यसको विरोधमा पहिलो पटक नागरिकहरुले प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।
प्रशासनले जीपहरुको पछाडिका अबैधानिक सीटहरु हटाएपछि जीप व्यवसायहरुले चर्काे भाडा असुलेर नागरिकहरुलाई ठगी गर्ने गरेको आरोप नागरिकहरुको छ । निर्धारित सरकारी भाडा भन्दा दोब्बर तेब्बर भाँडा असुली गर्ने गरेको आरोप उनीहरुको छ । खलंगा–दल्लेख–होपरीगाड रुटमा अढाई सय रुपैयाँ लिने गरेकामा पछिल्लो सयम दोब्बर भाँडा अर्थात् पाँच सय भाँडा लिने गरेको उपेन्द्रसिँह ठगुन्नाले बताउनु भयो ।
यस्तै खलंगा– खार–होपरीगाडमा मात्रै नभई खलंगा लटीनाथ रुटमा समेत यसरी नै जीप व्यसायीहरुले दोब्बर तेब्बर भाँडा असुलेर नागरिकहरुको ढाड सेक्ने काम गरेको अर्का स्थानीय गजेन्द्रसिँह ठगुन्नाले बताउनु भयो । पढाईको शिलशिलामा दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा बस्दै आएको र घर फर्किदा विद्यार्थीहरुलाई समेत समस्या हुने गरेको ठगुन्नाको दुखेसो छ । यस्तै मुख्य बजार क्षेत्र नै खलंगा भएकाले किनमेलका लागि जिल्ला सदरमुकाम खलंगा आएका नागरिकहरुले पनि चर्काे भाडा तिर्न बाध्य भएको उनीहरुको भनाई छ ।
जिल्लाभरीका रुटहरुमा यातायात व्यवसायीहरुले लिदै आदै आएको चर्काे भाँडालाई न्यायोचित र सरकारी दररेटको आधारमा भाडा कामय गरिनुपर्ने माग नौगाडका नागरिकहरुले प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यसरी जनताहरुलाई दुःख दिने कार्य गर्ने जोसुक्कैलाई पनि यथाशिघ्र कारबाही गर्न ज्ञापन पत्र मार्फत् नागरिकहरुले माग गरेका छन् ।
मंगलबारदेखि नै बंगाबगड–दल्लेख–सुण्डमुण्ड– धुलीगडा– होपारीगाडमा तथा मार्मा रुटमा चल्ने गाडी तथा जीपहरुको भाडादर सरकारी दररेट अनुसार व्यवस्थापन गर्न माग गरेका छन् । सिट क्षमताभन्दा बढी यात्रु बोकेको साधनहरुलाई कारबाही गर्न माग गरेका छन् । जीपहरुले ५ सीटको क्षमता भएपनि अझै क्षमता भन्दा बढी यात्रुहरु बोक्ने गरेका छन् । पछाडीका सीटहर हटाएपनि अझै जीपहरुले पछाडि पनि यात्रुहरुलाई बोक्ने गरेको नागरिकहरुको गुनासो छ ।
जीपहरुका पछाडीका अबैधानिक सीटहरु हटाएपछि जीप व्यवसायीहरुले बुकिङका नाममा चर्काे भाडा असुल्ने गरेका छन् । तर यसरी मनपरी भाडा असुल्ने जीप व्यवसायीहरु कारबाहीमा परेका उदाहरणहरु छैनन् । नागरिकहरुबाट ज्ञापन पत्र भन्दा पनि गाडी नम्बर सहित नजिकैको प्रहरी चौकीमा उजुरी आएमा प्रशासनलाई कारबाही गर्न सजिलो हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
यातायात व्यवसायीहरु मंगलवार जिल्ला प्रशासन कार्यालयतथा जिल्ला प्रहरी कार्यालयमा यातायात सम्बन्धमा छलफल गर्न पुगेको थिए । जिल्ला प्रहरी कार्यालयमा भने कुनै छलफल र निर्णय नभएको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताउनु भयो । यातायात व्यवसायीहरुले विभिन्न निर्णय गरेर जिल्ला प्रहरीलाई जानकारी गराउने भनिएपनि बेलुकासम्म कुनै जानकारी नआएका प्रहरी निरीक्षक कठायतको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !