जिल्लास्तरमा गणतन्त्र दिवसको तयारी छैन ।

0
2339

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नयाँ शासन
व्यवस्थाअन्तर्गतका राज्यका अंगहरुले आफ्नो सक्रियता देखाउन थालेका छन् ।
जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले शासनसत्ता सञ्चालनको भूमिकामा पुगेका छन्
भने संविधानले व्यवस्था गरेका संरचना पनि कार्यान्वयनमा आउन थालेका छन् । तर
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको अवसरमा मनाइने यस वर्षको गणतन्त्र दिवस
भने जिल्लास्तरमा मनाउने तयारी छैन ।
नेपाल सरकारले पहिलो पटक यस वर्ष गणतन्त्र दिवसको विदा कटौती गरेको छ ।
गणतन्त्र दिवस मनाउन विगतका वर्षहरुमा केन्द्रबाट जिल्ला प्रशासन कार्यालय र
साविकका जिल्ला विकास समितिहरुमा सर्कुलर आउने गर्दथ्यो । यस वर्ष भने ‘दिवस
मनाउनेबारे सोमबार दिउसो मात्रै सर्कुलर आएको’ प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले
बताउनुभयो ।
सर्कुलर ढिला आएकाले दिवसको तयारी गर्न नसकिएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिलाई पत्राचार गरी दिवसको आयोजनाबारे जानकारी गराउन लागिएको प्रशासन कार्यालयले जनाउको छ ।
संघीय सरकारले केन्द्रमा भने गणतन्त्र दिवस मनाउन मूल समारोह समिति बनाएर तयारी गरेको छ
। गृह मन्त्रालयले जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउन अन्य
विषयगत मन्त्रालयहरुलाई पत्राचार गरेको अवस्था छ । तर जिल्लास्तरका निकायहरुमा
दिवस मनाउनेबारे सोमबार मात्रै सर्कुलर गरिएको छ ।
जेठ १५ गते काठमाण्डौको सैनिक मञ्च टुडिखेलमा गणतन्त्र दिवस समारोह
आयोजना हुँदैछ । यसका लागि उपत्यकाभित्रका तिनवटै जिल्लाका स्थानीय सरकार र
सरकारी कार्यालयहरु परिचालनको तयारी गरिएको छ ।
जिल्ला समन्वय समिति दार्चुलाका सुचना अधिकारी युवराज जोशीले यो वर्षको
गणतन्त्र दिवस मनाउनेबारे अहिलेसम्म कुनै तयारी नभएको बताउनुभयो । जिल्ला
समन्वय समितिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय अधिकारी अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको अभिमुखीकरणका सहभागी हुन धनगढी गएकाले यसबारे कुनै
तयारी नभएको उहाँले बताउनुभयो ।
दार्चुलाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु पनि
अख्तियारको अभिमुखीकरणमा रहेकाले स्थानीय तहस्तरमा पनि गणतन्त्र दिवस
आयोजना हुने सम्भावना नरहेको सुचना अधिकारी जोशीको भनाई छ । जेठ १४, १५ र १६ गते कार्यालयमा दिपावली मनाउने तयारी भने गरिएको उहाँले बताउनुभयो ।
सरकारले यो वर्ष दिवस र पर्वहरुको विदा कटौती गरेको छ । विदा कटौती
गरे पनि महत्वपूर्ण राजनीतिक र सामाजिक सांस्कृतिक परिवर्तनको स्मरणमा दिवस
मनाउनु सान्दर्भिक हुने नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी
बताउनुहुन्छ । ‘दिवसका लागि केन्द्रबाट समयमै सर्कुलर नभए पनि स्थानीय तह वा
जिल्लास्तरकै आयोजनामा दिवस कार्यक्रम मनाउनुपर्छ’ अध्यक्ष धामीले भन्नुभयो ।
विगतदेखि नै विभिन्न दिवसहरु औपचारिकताका लागि मनाइने गरेको छ । दिवस
कार्यक्रममा सहभागिता न्युन हुने गरेकाले दिवसका कार्यक्रमहरु प्रभावकारी बन्न
नसकेको अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here