जिल्ला वन कार्यालयद्धारा झण्डै ३० हजार विरुवा वितरण गरिदै, जिल्ला अस्पताल परिषरमा बृक्षरोपण ।

0
2336


जिल्ला वन कार्यालय दार्चुलाले जिल्लाका विभिन्न स्थानमा झण्डै ३० हजार विरुवा वितरण गर्ने भएको छ । जिल्ला वन कार्यालयले बृक्षारोपणका लागि धनगढीबाट विभिन्न किसिमका विरुवाहरु मगाई दार्चुला जिल्लाका विभिन्न स्थानमा विरुवा वितरण गर्न लागेको हो ।
जिल्ला वन कार्यालयले गोकुलेश्वर, पनेबाँज, मालिकार्जुन पस्ती तथा सदरमुकाम खलंगामा विभिन्न किसिमका झण्डै ३० हजार विरुवा वितरण गर्न लागेको जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकारी रणेन्द्र सिंहले जानकारी दिनुभयो । विरुवा लोड गरिएको गाडी आइपुग्न ढिला भएकाले आज गोकुलेश्वर, पनेबाँज, पस्ती तथा मालिकार्जुन लगायतका बस्तीमा विरुवा वितरण गर्न सकिने सम्भावना रहेको उहाँले बताउनु भयो ।
सम्भव भए आजै जिल्ला सदरमुकाम खलंगामा पनि विरुवा वितरण गरिने जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकारी रणेन्द्र सिंहले जानकारी दिनुभयो ।
यस्तै नेपाल विद्यार्थी संघ दार्चुला र तरुण दलको आयोजना एवं सनराईज बैंक शाखा दार्चुलाको सहआयोजनामा जिल्ला अस्पताल दार्चुलाको परिषरमा बृक्षारोपण गरिएको सनराईज बैंक प्रबन्धक राकेश बुढाथोकीले बताउनु भयो । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा जिल्ला अस्पताद दार्चुलामा विभिन्न किसिमका बोटहरु रोपीएको नेपाल विद्यार्थी संघ दार्चुलाले जनाएको छ । बृक्षारोपण दिवसमा अस्पताल विकास समितिका अध्यक्ष हरकसिँह विष्ट, जिल्ला अस्पतालका चिकित्सकहरु, सनराईज बैंक प्रबन्धक, नेविसंघ तथा तरुणदलका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here