डिभिजन वनमा चार फाँट र दुई सव डिभिजन

0
2342

दार्चुला, भदौ १५ गते ।
डिभिजन वन कार्यालयको नयाँ संरचनामा कार्यालयअन्तर्गत चारवटा फाँट र दुइटा सव डिभिजन वन कार्यालय रहनेछन् । सात नम्बर प्रदेश सरकारले स्वीकृत गरेको संगठन संरचनाअनुसार जिल्लास्तरमा रहने वन डिभिजनमा योजना तथा व्यवस्थापन, कर्मचारी प्रशासन, सशस्त्र वन सुरक्षा र आर्थिक प्रशासन फाँट रहनेछन् ।
योजना तथा व्यवस्थापन फाँटमा दुइजना सहायक वन अधिकृतसहित ६ कर्मचारी रहनेछन् । कर्मचारी प्रशासन फाँटमा नायवसुब्बा सहित ६ जना रहने सहायक वन अधिकृत अमरसिह धामीले बताउनुभयो ।
आर्थिक प्रशासन फाँटमा एकजना लेखापाल र सशस्त्र वन सुरक्षा फाँटमा हवल्दारसहित ५ जना हुनेछन् । डिभिजन वन कार्यालय दार्चुलाको मातहतमा दुइटा सव डिभिजन वन कार्यालय राखिनेछन् । मालिकार्जुन गाँउपालिकाको जौलजीवि र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा सव डिभिजन राखिने भएका छन् । जौलजीविको सव डिभिजनलाई महाकाली र गोकुलेश्वरको सव डिभिजनलाई चौलानी नाम दिइएको सहायक वन अधिकृत धामीले जानकारी दिनुभयो । एउटा सव डिभिजनमा एकजना सहायक वन अधिकृत र ४ जना वन रक्षकको दरबन्दी छ ।