तेर्छालेक र काकडाखोलामा सडक अवरुद्ध

0
2302

दार्चुला, भदौ २ गते ।
महाकाली लोकमार्गअन्तर्गतको दार्चुला गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ । शुक्रवार रातीदेखिको लगातार वर्षाले सडक अवरुद्ध बनेको छ । महाकाली नगरपालिकाको वडा नम्बर ८ काकडा खोलामा पानी बढेपछि यातायात बन्द भएको प्रहरीले जनाएको छ ।
शनिवार विहान पनि काकडा खोलामा पानीको मात्रा धेरै छ । महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तु बजार, उडै क्षेत्रमा पनि सडकमाथिबाट सानो पहिरो आएको दार्चुला प्रहरी प्रवक्ता हिक्मतवहादुर बोहराले बताउनुभयो ।
मालिकार्जुन गाँउपालिका वडा नम्बर ३ को तेर्छालेकमा सडकमाथिबाट आएको पहिरोले सडक अवरुद्ध भएकोमा शनिवार विहानैदेखि डोजर लगाएर सडक खोलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here