थाम्नै नसकिने आन्दोलन हुन सक्छः नेता बडू

5764

भीमदत्तनगर, भदौ १५ गते ।
काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले कञ्चनपुर घटनाको वास्तविक दोषि पत्ता लगाउन नसके थाम्नै नसकिने आन्दोलन हुन सक्ने बताएका छन् ।
कञ्चनपुरका निर्मला पन्तको बलत्कारपछि भएको हत्या र स्थानीयले गरेको आन्दोलनका बारेमा बुझ्न कञ्चनपुर पुगेका काग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बडूले थाम्नै नसकिने आन्दोलन हुन सक्ने बताएका हुन् ।
समानुपाति तर्फबाट प्रतिनिधि सभा सांसद दिलेन्द्रप्रसाद बडू र बीरबहादुर बलायर निर्मला पन्तको घट्नाबारे बुझ्न कञ्चनपुर पुगेका थिए । कांग्रेस केन्द्रीय कार्य समितिको बैठकबाटै दुई नेतालाई कञ्चनपुर पठाउने निर्णय अनुसार कांग्रेस नेताद्धय बडू र बलायर कञ्चनपुर पुगेका हुन् ।
कांग्रेस नेता बडूका अनुसार कञ्चनपुरको आन्दोलन स्वस्फूर्त भएको हो, राजनीतिक आन्दोलन होइन । उहाँले भन्नुभयो, ‘जघन्य अपराधका वास्तविक अपराधीलाई कारबाही गर्नुपर्छ भनेर भएको आन्दोलन हो ।’
मानसिक अवस्था कमजोर भएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दा आन्दोलन झन चर्किएको र प्रहरीको गोलीबाट एकजना मारिएको नेताहरुले बताएका छन् । तर, सरकारले स्थानीय प्रहरी र प्रशासन प्रमुखहरुलाई फिर्ता बोलाएर नयाँ टिम गएपछि अहिले आन्दोलन स्थगित भएको पाइएको सांसद बडूले बताउनुभयो ।
आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको पाइएको भन्दै कांग्रेस नेताहरुले पन्त हत्याका अभियुक्त विष्ट होइनन् भन्ने स्थानीयको बुझाइलाई सम्मान गर्न र समयमै वास्तविक अपराधी पत्ता लगाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !