दार्चुलाका एक जनामा कोरोना संक्रमणको आशंका

0
1970

दार्चुला, चैत्र १७ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका एक जनामा कोरोना संक्रमणको आसंका गरिएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का ४३ वर्षिय एक जना पुरुषमा कोरोना संक्रमणको आसंका गरिएको गोकुलेश्वर अस्पतालका डाक्टर महादेव भट्टले बताउनु भयो ।
उनि भारतको दिल्लीबाट फर्किएको ११ औँ दिनमा ज्वरो तथा रुघाखोकी लागेपछि उपचारका लागी गोकुलेश्वर अस्पत्तालमा पुगेका थिए । कोरोना भाइरस संग मिल्ने लक्षण देखिएकाले ति ब्यक्तिलाई छुट्टै आइसोलेशन कक्षमा राखेर उपचार भइरहेको डाक्टर महोदव भट्टले बताउनु भयो ।
कोरोना भाइरसको चेकजाँच गर्ने सुविधा सुदुरपश्चि प्रदेशमै नभएकाले शंकास्पद व्यक्तिको नमुना परीक्षणका लागी समस्या भएको डा. भट्टको भनाई छ । नमुना परिक्षण नभए सम्म के भएको हो भन्ने यकिन गर्न नसकिने उहाँको भनाई छ ।
केहि दिन आइसोलेसमा राखेर उपचार गरिने र प्रभावकारी नभएमा अन्य ठाउँमा रेफर गर्ने तयारी भइरहेको अस्पत्ताल स्रोतले जनाएको छ ।