दार्चुलाका ४ स्थानियतहले मात्रै भारत बाट आएकालाई क्वारेन्टाइनमा राखे

0
1499

अपीहिमाल गाउँपालिकामा क्वारेन्टाइनमा राखीएका ७ जना भागे ।

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना भाइरस भारतमा फैलीएपछि भारतका विभिन्न सहरहरुमा रोजगारीका लागी गएका नेपालीहरु हजारौको संख्यामा दार्चुला भित्रिएका छन् । भारतको कारोना प्रभावित सहरहरुबाट भित्रिएका सबै ब्यक्तिहरुलाई क्वारेन्टाइनमा नराखीए पनि दार्चुला जिल्लाका ४ वटा स्थानियतहहरुले केहि ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेको बताएका छन् ।
दार्चुलाको दुहूँ गाउँपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका र व्याँस गाउँपालिकाले मात्रै भारतबाट फर्किएका केहि नागरिकहरुलाई क्वारेन्टाइनमा राखेको छ ।
दुहूँ गाउँपालिकामा ९ जना, मार्मा गाउँपालिकामा १९ जना, अपिहिमाल गाउँपालिकामा ३ जना र व्याँस गाउँपालिकामा एक जना क्वारेन्टाइमा राखीएको सम्बन्धीत स्थानियतहका स्वास्थ्य संयोजकहरुले जानकारी दिएका छन् ।
भारतका विभिन्न क्षेत्रबाट आएका नागरिकहरुलाई बुधबार १२ जना र विहीबार ७ जना गरी १९ जना मार्मामा क्वारेन्टाइन्टमा राखिएको मार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चक्र सिह धामीले बताउनुभयो । मार्मा गाउँपालिकाले डेढ÷दुई सय जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको उहाँको भनाई छ ।
व्याँस गाउँपालिकामा पनि एक जना क्वारेन्टाइनमा राखिएको छ । विहीबार साँझ मात्रै एक जना हुम्ला जिल्लाका नागरिक भारतबाट आएको भेटिएकाले प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखर चन्द्र ओझाले बताएका छन् ।
अपिहिमाल गाउँपालिकामा १० जना क्वारेन्टाइनमा राखिएकोमा ७ जना फरार रहेको सुचना तथा सञ्चार प्रविधि अधिकृत प्रमोद मन्यालले बताउनु भयो । ७ जना भागेपछि अपिहिमाल गाउँपालिकामा ३ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् । फरार रहेका अन्य ७ जनालाई पनि वडा कार्यालयहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्न र होम क्वारेन्टाइन बस्न निर्देशन दिएको उहाँले बताउनु भयो ।
धेरै संख्यामा कोरोनाको प्रकोप फैलीएका भारतका सहरहरुबाट आएका नागरिकहरु आएपनि जिल्लाका अन्य स्थानियतहहरुले भने क्वारेन्टाइनमा राख्न सकेका छैन्न ।