दार्चुलामा लकडाउनको अबज्ञा गर्ने २० जना प्रहरी नियन्त्रणमा

1009

विरा दत्त भट्ट, दार्चुला

सरकारले कोरोना भाइरसको रोकथामका लागी देशैभरि लकडाउन गरेका बेला अवज्ञा गरी बजारमा हिड्ने युवाहरुको समुहलाई बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाले नियन्त्रणमा लिएको छ । खलंगा बजार क्षेत्रमा लकडाउनको अवज्ञा गरि हिडिरहेका र खुला मञ्चमा समुहमा बसेका युवाहरुको समुहलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

“ विनाकाम बजारमा समुहमा डुलेको अवस्थामा भेटिएपछि २० जना युवाहरुलाई नियन्त्रणमा लिइएको हो” प्रहरी निरक्षक जोशीले भन्नुभयो । अत्यावस्कय काम बाहेक बजार क्षेत्रमा डुलेको भेटिएमा प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिने उहाँको भनाई छ । लकडाउनको अवज्ञा गर्नेहरुलाई एक चोटी छोड्ने वा के गर्ने भन्ने बारे छलफल भइरहेको प्रहरी निरक्षक सुरेन्द्र प्रसाद जोशीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !