दुई वर्षभित्र फलदिने ओखर लगाउन मुख्यमन्त्रीको आग्रह

0
2461

दार्चुला, मंसिर २२ गते ।
दुई वर्षभित्र फल दिने ओखरको खेती गर्न उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिह रावतले आव्हान गरेका छन् । कृषि क्षेत्रका विज्ञहरुले दुई वर्षभित्रै फलदिने ओखरको विरुवा तयार गरेको उहाँको भनाई छ ।
उच्च पहाडी र हिमाली क्षेत्रमा ओखरखेतीको सम्भावना धेरै भएकाले उत्तराखण्ड सरकारले ओखरखेतीलाई प्रोत्साहन गर्ने उहाँले बताउनुभयो । प्रतिकिलो १ हजारदेखि १२ सय भारु पर्ने ओखरको व्यवसायिक खेती गर्न उहाँले ग्रामिण क्षेत्रका कृषकलाई आग्रह गर्नुभयो ।
स्थानीयस्तरमा उन्नतजातको ओखरको विरुवा उत्पादन र वितरण गर्न नयाँ नर्सरीको स्थापना गरिन लागेको समेत मुख्यमन्त्रीले बताउनुभयो ।