दुई विद्यालयको केन्द्र परिवर्तन

0
2677

दार्चुला, चैत्र ५ गते ।
यसपालीको एसइइ परीक्षामा दुई विद्यालयको परीक्षा केन्द्र परिवर्तन गरिएको छ । जिल्ला परीक्षा समन्वय समितिले सम्बन्धित विद्यालय र स्थानीय तहको सिफारिसका आधारमा परीक्षा केन्द्र परिवर्तन गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको परीक्षा समन्वय समितिले लटिनाथ मावि चन्दनपुर चौपाताको केन्द्र गोकुलेश्वर मावि गोकुले र मालिकार्जुन मावि मिलमिलीको केन्द्र मालिकार्जुन मावि मड निर्धारण गरेको हो ।
गतवर्षसम्म मावि चौपाताको केन्द्र कृष्ण मावि लाली र मावि मिलमिलीको केन्द्र शंकरपुर मावि पस्ती रहेको थियो । जिल्लाभरीका अन्य विद्यालयको केन्द्र भने गतवर्षकै यथावत राखिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताउनुभयो । एसइइ परीक्षामा होमसेन्टर हटाइएपछि नजिकको पायक पर्ने विद्यालयमा केन्द्र निर्धारण हुँदैआएको छ ।
यसवर्षको एसइइ परीक्षा चैत्र १० देखि सञ्चालन हुँदैछ । परीक्षा सञ्चालनका लागि जिल्लाभरी १७ केन्द्र निर्धारण गरिएका छन् । दार्चुलाभरीका ७३ विद्यालयका २ हजार ८ सय ६६ परीक्षार्थीले एसइइ परीक्षाका लागि आवेदन भरेका छन् । गतवर्षको परीक्षामा सम्मिलित २ सय ३० जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिने इकाई प्रमुख पन्तले बताउनुभयो ।