देथला–खार–खलंगा सडकको सम्झौता ५० लाख, भुक्तानी २६ लाख

0
2424

दार्चुला, साउन २४ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले देथला–खार–खलंगा सडक मर्मत गरेको छ । दार्चुला जिल्ला सदरमुकाम खलंगा जोड्ने देथला–खार–खलंगा सडक प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५÷०७६ मा वजेट विनियोजन गरी मर्मत कार्य गरेको हो ।
प्रदेश सरकारले उपभोक्ता समिति मार्फत् देथला–खार–खलंगा सडकको ६ किलोमिटर क्षेत्रमा मर्मत कार्य गरेको हो । प्रदेश सरकारको ५० लाख बजेट खर्च गरि उपभोक्ता समिति मार्फत् देथला–खार–खलंगा सडकको मर्मत कार्य गरिएको छ । गोकुलेश्वर–खलंगा जोड्ने सबैभन्दा छोटो सडकका रुपमा रहेको देथला–खार–खलंगा सडकको प्रदेश सरकारले उपभोक्ता समिति मार्फत् मर्मत गरेपछि उक्त क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरुलाई केही सहज भएको छ ।
उपभोक्ता समिति गठन गरि सुदूरपश्चिम प्रदेश सरकारद्धारा विनियोजित बजटेबाट उक्त सडकको मर्मत कार्य गरिएको उपभोक्ता समिति अध्यक्ष राजेन्द्रसिह बोहराले बताउनुभयो । पूर्व सम्झौता अनुसार मर्मत कार्य गरिएको दाबी उपभोक्ता समिति अध्यक्ष बोहराले गर्नु भएको छ ।
पूर्वाधार विकास कार्यालय बैतडीसंग सम्झौता गर्ने बेला ६ किलोमिटर सडक मर्मत कार्य गर्ने सम्झौता भएको र पूर्व सम्झौता अनुरुप काम गरिएको उपभोक्ता समिति अध्यक्ष बोहराको तर्क छ । सम्झौतामा विभिन्न स्थानमा सडक कटिङ गर्ने, ७५ घनमिटर पर्खाल निर्माण गर्ने, गे्रडिङ मिलाउने लगायतका कार्यहरु गर्नेगरी सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार नै सडकको मर्मत कार्य गरिएको उपभोक्ता समिति अध्यक्ष बोहराको भनाई छ ।
तर प्राविधिकहरुको टोलीले अनुगमन पश्चात् इस्टिमेट अनुसार काम नभएको भन्दै झण्डै ५० प्रतिशत मात्रै बजेट भुक्तानी दिएको छ । प्रदेश सरकारको बजेटद्वारा दार्चुला जिल्लामा निर्माण गरिएको विभिन्न विकास निर्माणका योजनाहरुमा बढीमा ६०÷७० प्रतिशत मात्रै भुक्तानी दिएको छ भने कतै ५० प्रतिशतको हाराहारीमा बजेट भुक्तानी गरेको उपभोक्ताहरुको गुनासो छ । पूर्वाधार विकास कार्यालय पाटन बैतडीबाट आएका प्राविधिकहरुले न्युन मुल्यांकन गर्दा उपभोक्ता समितिहरुलाई कामदारहरुको पारिश्रमिक तथा खरिद गरिएका निर्माण सामग्रीहरुको भुक्तानी गर्न समस्या भएको उपभोक्ता समितिहरुको गुनासो छ ।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा विनियोजित बजेट मार्फत् निर्माण गरिएको जिल्लाका अधिकांश विकास निर्माणका योजना उपभोक्ता समितिहरु ऋणको भारी बोक्न बाध्य भएको बोहराले बताउनुभयो । प्राविधिकहरुले न्युन मुल्यांकन गरिदिदाँ उपभोक्ता समितिहरुलाई समस्या भएको उनीहरुको गुनासो छ । पूर्व सम्झौता र इस्टिमेट अनुसार काम भएपनि प्राविधिकहरुले इस्टिमेट अनुसार काम नभएको भन्दै झण्डै ५० प्रतिशत मात्रै भुक्तानी गरेको उपभोक्ता समितिहरुले आरोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको अन्तिम तिर बजेट विनियोजन गरि जिल्लाका केही विकास निर्माणका योजनाहरु निर्माण भएका छन् । तर सबैजसो प्रदेश सकारकाका योजना उपभोक्ता समितिहरुको अवस्था एउटै देखिएको छ । यसरी सम्झौता भएको कुल लागतको आधा बजेट मात्रै भुक्तानी भएपछि कामदारहरुको तोकिएको सरकारी दररेट अनुसार पारिश्रमिक समेत दिन नसकिएको कतिपय उपभोक्ता समितिहरुले गुनासो गरेका छन् ।
यस्तै देथला–खार–खलंगा सडकको मर्मत कार्य योजना उपभोक्ता समितिले पनि कबिर ५० प्रतिशत बजेट मात्रै भुक्तानी पाएको छ । देथला–खार–खलंगा सडकको अपिहाइड्रोपावरको कार्यालयदेखि सोगन्नेसम्मको ६ किलोमिटर सडक मर्मतका लागि ५० लाख बजेट विनियोजन भएपनि कन्टिन्जेन्सी कटाएर ४७ लाख ५० हजार कुल लागतमा सम्झौता भएको थियो । कुल लागत ४७ लाख ५० हजारमा मर्मत कार्य गर्ने सम्झौता भए पनि प्राविधिकहरुले इस्टिमेट अनुसार काम नभएको भन्दै २६ लाख १० हजार २ सय ९२ रुपैयाँ मात्रै भुक्तानी पाएको उपभोक्ता समिति अध्यक्ष राजेन्द्रसिह बोहराले गुनासो गर्नुभयो ।
इस्टिमेट अनुसार नै काम भए पनि प्राविधिकहरुले विभिन्न बाहानामा इस्टिमेट अनुसार काम नभएको भन्दै न्युन भ्यालुशन गरेपछि पूर्वाधार विकास कार्यालय बैतडीले झण्डै आधा बजेट मात्रै भुक्तानी दिएको उहाँले बताउनुभयो । पूर्वाधार विकास कार्यालय बैतडीले कम भुक्तानी गरेपछि कामदारहरु र जालीको मात्रै भुक्तानी गर्न सकिएको तर मेसिनहरुको भुक्तानी गर्न बाँकी रहेको छ । उहाँका अनुसार २ ओटा मेसिन लगाइएको र उक्त मेसिनहरुको जम्मा १८ लाख भुक्तानी गर्नुपर्ने भए पनि ८ लाख मात्रै भुक्तानी गरिएको छ । बाँकी भुक्तानी गर्न ऋण लिएर मेसिनहरुको भुक्तानी दिनुपर्ने उपभोक्ता समितिको बाध्यता रहेको अध्यक्ष बोहराको भनाई छ ।