धनगढीका एक जनामा कोरोना संक्रमण भएको पुष्टि

946

कालापानी न्युज, चैत्र १४ गते ।
धनगढीमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । सङ्क्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केका थिए भन्नेबारे सोधखोज भइरहरे स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !