धापमा चरन क्षेत्रबाट बाख्रा हराए

953

विरा दत्त भट्ट, दार्चुला

महाकाली नगरपालिका वडा नम्बर ७ धापमा चरन क्षेत्रमा लगाईएका बाख्रा हराएका छन् । धापका स्थानिय केशव दत्त बडुका चरिचरनका लागि वनमा लगाएका १८ बाख्रा एकै पटक हराएका हुन् ।
विहिबार विहानै खड्काखोला भन्ने वन क्षेत्रमा चरनका लागि लगाइएका बाख्राहरुमध्ये १८ ओटा बाख्रा हराएको केशव दत्त बडुले जानकरी दिनुभयो । उहाँका अनुसार वन क्षेत्रमा चरनका लागि लगाइएका बाख्रा हराएपछि बाघको आक्रमण भन्दा चोरी भएको हुन सक्ने आशंका गरिएको छ ।
३२ बाखा्रहरु बन चरिचरनका लागी लगको भएपनि घण्टी लगाइएका बाख्राहरु सबै घर आएका र घण्टी बिनाका १८ ओटा बाख्राहरु घर नआएपछि शुक्रबार विहानैदेखि खोजी कार्य गर्न वन क्षेत्रमा गएको बडूले बताउनु भयो । आज दोपखे र निसिलको बनमा खोज्न गएको भएपनि नपाएको उहाँको भनाई छ । ६ वटा खसी, १ बोका र ११ बाख्रा गरि १८ वटा हराएको केशव दत्त बडुले बताउनुभएको छ । घण्टी भएका बाख्रा नहराउनु र एकै पटक ठूलो संख्यामा बाख्रा हराउनुले चोरी भएको हो कि भन्ने आशंका गरिएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !