धारचुलामा अलपत्र नेपालीको उद्धार

0
1746

विरा दत्त भट्ट, दार्चुला

भारतका विभिन्न सहरहरुमा काम गर्दै आइरहेका नेपालीहरु मंगलबार ठुलो संख्यामा दार्चुला संग जोडीएको भारतको सिमावर्ती बजार धारचुला पुगेका थिए ।
नेपाल सरकारले अन्र्तराष्ट्रिय सिमा नाका बन्द गरेका कारण ७२ जना पुरुष र ६ जना महिला गरि ७८ जना नेपालीहरु महाकाली नदि किनारमा पुरै दिन विताउन बाध्य भएका थिए ।
भारतले समेत नेपालीहरुलाई बस्न नदिएपछि उनिहरु अलपत्र परेका थिए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदु नाथ पौडेलले भारतको धारचुलामा अलपत्र परेका नेपालीहरुलाई एक पटक लाई नेपाल भित्रीन दिने भनेपछि राती १० बजे तिर नेपाल भारत जोड्ने पुल खोली उनिहरुको उद्धार गरिएको हो ।
उद्धार गरिएका नेपालीहरुको पुलघाटमा जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका स्वास्थ्यकर्मीहरुले रातीनै स्वास्थ्य परिक्षण गरेक छन् ।
दार्चुला, बैतडी र बझाङका ७२ जना नेपाली नागरिकहरुलाई उद्धार गरि आ–आफ्नो घर तिर पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । भारतबाट भित्रिने नेपालहरुलाई सम्बन्धीत स्थानिय सरकारले क्वारेन्टाइनमा राख्नुपर्ने भएपनि उनिहरुलाई घर पठाउदा कोरोनाको जोखीम गाउँघरमा पनि बढेको छ ।