धारचुलामा अलपत्र नेपालीहरुले चेक पोष्टमा ढुङ्गामुडा प्रहार गरे

1407

विरा दत्त भट्ट, चैत्र १७ दार्चुला

तिन दिन देखी धारचुलामा अलपत्र परेका नेपालीहरुले पुलघाटमा रहेको चेकपोष्टमा ढुङ्गामुडा प्रहार गरेका छन् ।

सोमबार दिउसो चेकपोष्टमा ढुङ्गामुडा प्रहार भएको हो । भारतको विभिन्न ठाउँमा रोजगारी गर्दै आइरहेका नेपालीहरु फर्किने क्रम जारी रहेकाले धारचुलामा सोमबार सम्म ५ सयको संख्यामा नेपालीहरु पुगेका छन् ।
दार्चुला सदरमुकाम खलंगा स्थित नेपाल भारत जोड्ने पुल नखोलीएपछि आक्रोसित बनेका उनीहरुले महाकाली नदि किनारमा आएर चेकपोष्टमा ढुङ्गा मुडा प्रहार गरेको अस्थाई प्रहरी पोष्ट पुलघाटका प्रहरी साहयक निरिक्षक प्रेम बहादुर साउदले जानकारी दिनुभयो ।
“एक सय भन्दा बढिको संख्यामा महाकाली नदि किनारमा आएर ढुङ्गामुडा प्रहार गरे, ढुङ्गाहरु चेकपोष्टमा छरपस्ट छन्” प्रहरी साहयक निरिक्षक साउदले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !