धारचुलामा चार हजार मतदाता

0
2578

दार्चुला, मंसिर २ गते ।
भारतको धारचुला नगरपालिका निर्वाचनमा करिब चार हजार मतदाता रहेका छन् । आइतवार भइरहेको मतदानका लागि ३ हजार ७ सय ९४ मतदाताको नामावली प्रकासित गरिएको छ ।
स्थानीय निकायको निर्वाचनअन्तर्गत धारचुलासहित पिथौरागढ जिल्लाका ५ स्थानीय निकायमा निर्वाचन हुँदैछ । धारचुला नगरपालिकाभरीमा १ हजार ९ सय ७५ महिला र १ हजार ८ सय १९ पुरुष मतदाता रहेको उत्तराखण्ड राज्य निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनबाट नगरपालिका अध्यक्षसहित वार्ड सदस्यहरु चयन गरिनेछन् । आइतवार विहान ८ बजेदेखि सुरु गरिएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ । मतगणना भने मंगलवार मात्रै हुनेछ ।
धारचुला नगरपालिका निर्वाचनमा भारतीय जनता पार्टी र काग्रेस पार्टीले उम्मेदवार खडा गरेका छन् । नगरपालिका अध्यक्ष पदमा महिला आरक्षण गरिएको छ । भाजपा र काग्रेसका साथै दुइ स्वतन्त्र महिला उम्मेदवार पनि चुनावी मैदानमा छन् ।