धारचुलामा मुख्यमन्त्रीको पहिलो भ्रमण

0
2404

दार्चुला, मंसिर २२ गते ।
भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्रसिह रावतले शनिवार पहिलो पटक धारचुला भ्रमण गरेका छन् । मुख्यमन्त्री भएको झण्डै दुई वर्षपछि रावतले पहिलो पटक अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा भ्रमण गरेका हुन् ।
सिमाक्षेत्रमा बसोवास गर्दैआएका शौका (रं) समुदायको संस्था रं कल्याण संस्थाको वार्षिक साधारणसभा तथा रं महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री हेलिकोप्टरमार्फत धारचुला पुगेका हुन् । धारचुलास्थित महाकाली नदी किनारछेउमा रहेको मिनिस्टेडियममा आयोजित रं महोत्सवको उद्घाटन गरिएको हो ।
हेलिकोप्टरमार्फत ११ बजे धारचुला पुगेका मुख्यमन्त्री रावत रं महोत्सवमा २ घण्टा सहभागी भएर दिउसो १ बजे देहरादून फर्किका छन् । मुख्यमन्त्रीसंग उत्तराखण्ड सरकारका वित्त तथा संसदीय कार्य मन्त्री प्रकाश पन्त धारचुलामा आयोजित रं महोत्सवमा सहभागी बनेका हुन् ।