नेकपा परित्याग गरि काँग्रेसमा

0
2513

सुन्सेरा, मंसिर ७ गते ।
नेपाली कांग्रेसको पार्टी सुदृढीकरण कार्यक्रम अन्र्तगत व्याँस गाउपालिका वडा नम्बर ४ सुन्सेरामा कार्यक्रम गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका सभापति ललितसिह बोहरा र जिल्ला कार्य समिति सचिव हरकसिह बिष्टको टोलीले व्याँस गाउपालिका वडा नम्बर ४ मा कार्यक्रम गरेको छ ।
पार्टी सुदृढीकरणमा कार्यक्रममा पूर्व माओवादी केन्द्रका गाउँ कमिटि सचिव जगन्नाथ भट्ट सहित ३ जनाले नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस व्याँस कार्य समितिका संयोजक नरेन्द्रदत्त भट्टले जानकारी दिनु भएको छ ।
पार्टी प्रवेग गर्ने तिनै जनालाई नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति ललितसिह बोहराले टिका लगाई पार्टी प्रवेश गराउनु भएको थियो ।