नोटिफाइड एरिया जौलजिविदेखि बनाउन माग

0
2379

दार्चुला, मंसिर २२ गते ।
सुरक्षा संवेदनशीलता भन्दै धारचुलाको छियालेखभन्दा माथि बनाइएको नोटिफाइड एरियालाई विस्तार गरी जौलजिविदेखि कायम गर्न माग गरिएको छ । अढाई दशकअघि जौलजिविभन्दा माथि नोटिफाइड एरिया रहेको र पछिल्लो समय सुरक्षा संवेदनशीलता बढेको भन्दै यस्तो माग गरिएको छ ।
शनिवार धारचुलामा आयोजित रं कल्याण संस्थाको साधारणसभा तथा रं महोत्सवमा शौका समुदायका अगुवाले यस्तो माग गरेका हुन् । संस्थाका संरक्षक एवं उत्तराखण्ड सरकारका पूर्व मुख्यसचिव नृपसिह नपलच्यालले मुख्यमन्त्री त्रिवेन्द्रसिह रावत सम्मिलित कार्यक्रममा यस्तो माग गरेका हुन् ।
बाहिरबाट व्यक्तिहरुको आवागमनमा निगरानी गर्न नोटिफाइड एरिया जौलजिविबाट बनाइनुपर्ने माग हुँदैआएको छ । यद्यपि मुख्यमन्त्री रावतले आफ्नो सम्बोधनमा यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
नोटिफाइड एरियामा भारतीय नागरिकले समेत स्थानीय प्रशासनको अनुमति लिएर मात्रै निश्चित उद्देश्य र समयका लागि आवतजावत गर्न पाउने व्यवस्था छ ।