पन्ध्र वर्षिय वालक हराए

2673

दार्चुला, भदौ १४ गते ।
दार्चुला सदरमुकाम खलंगाबाट हिजो (बुधवार) साँझ १५ वर्षिय वालक दिपेश बुढाथोकी हराइरहेका छन् । व्यास गाँउपालिकाको वडा नम्बर २ राप्लाको बीचगाँउ घर भएका दिपेश भदौ १२ गते घरबाट भागेर खलंगा आएका थिए । खलंगाको बंगाबगडस्थित फुफुको घरबाट बुधवार साँझ दिपेश हराइरहेको आफन्तजनले बताएका छन् ।
सिरसिन्धार आधारभूत विद्यालय राप्लाको व्यवस्थापन समिति अध्यक्ष डम्बरसिह बुढाथोकीका १५ वर्षिय छोरा दिपेश हराएका हुन् । दिपेश राप्लाको स्थानीय विद्यालयमा कक्षा ७ मा अध्ययन रहेको उनका दाजु नाता पर्ने स्थानीय जगदीश बुढाथोकीले बताउनुभयो ।
खलंगामा खोजविन गरिए पनि दिपेशको कुनै पत्तो नलागेको जगदीशले बताउनुभयो । आफन्तजनले दिपेशको खोजी गरिरहेका छन् । दार्चुला प्रहरीलाई पनि यसबारे जानकारी गराउन लागिएको जगदीशले जानकारी दिनुभयो ।
दार्चुला प्रहरीका प्रवक्ता हिक्मतवहादुर बोहराले वालक हराएको जानकारी प्रहरीमा नआएको बताउनुभयो । प्रहरीमा जानकारी आएपछि आफ्नो संयन्त्रमार्फत खोजतलास गरिने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !