पाकिस्तानी मन्त्रीमण्डलको पहिलो बैठकमा चिया मात्रै

2430

दार्चुला, भदौ ७ ।
पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले पहिलो बैठकबाटै मितव्ययिता अपनाएका छन् । मंगलवार बसेको खान नेतृत्वको मन्त्रिमण्डलको पहिलो बैठकमा मन्त्रीहरुलाई चिया मात्रै दिइएको छ ।
प्रधानमन्त्री निर्वाचित भएलगत्तै सरकारी खर्च कटौती गर्ने र मितव्ययी हुने इमरानले घोषणा गरेका छन् । मन्त्रिमण्डलका सदस्यहरुलाई समेत मितव्ययी बन्न चियामार्फत सन्देश दिइएको सञ्चारमाध्यमले जनाएका छन् ।
बैठकमा चियासंग विस्कुट वा अन्य खानेकुरा केही राखिएन । सांकेतिक रुपमा खर्च कटौती र मितव्ययिताको सन्देश दिन खोजिएको सञ्चारमाध्यमको विश्लेषण छ । मन्त्रिमण्डल बैठकले प्रधानमन्त्री इमरानले मन्त्रीहरुलाई सपथ लिएको र कार्यभार सम्हालेकोमा बधाई ज्ञापन गरेका छन् । आफुले दैनिक १६ घण्टा काम गर्ने इमरानले मन्त्रीहरुलाई जानकारी समेत गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !