पार्टी अध्यक्षमा ‘आरडी’लाई सिफारिस गरेको छुँ: सन्तोष

3783

दार्चुला, भदौ २ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेशसभा सदस्य मानवहादुर धामी ‘सन्तोष’ले नेकपा दार्चुलाको अध्यक्षमा आफुले नेता रामदत्त जोशी ‘आरडी’लाई सिफारिस गरेको बताएका छन् ।
नेतृत्व क्षमता र मूल्यांकनका आधारमा आफुले जिल्ला अध्यक्षका लागि जोशीलाई सिफारिस गरेको नेता धामीले बताउनुभयो । तत्कालिन नेकपा माओवादी केन्द्र दार्चुलाको जिल्ला इन्चार्जको हैसियतमा आफुले जोशीको प्रस्ताव गरेको टेलिफोन सम्पर्कमा बताउनुभयो ।
भीम रावल र लेखराज भट्टसहितका चार नेताको कार्यदलले नेता गणेशसिह खत्री ‘पावेल’लाई दार्चुलाको पार्टी अध्यक्ष सिफारिस गरेको सार्वजनिक भएको छ । कार्यदलको नेताहरुको सिफारिसभन्दा फरक व्यक्तिलाई प्रदेशसभा सदस्य तथा नेता ‘सन्तोष’ले अध्यक्षमा प्रस्ताव गरेका छन् ।
आफुले नेकपाको पार्टी केन्द्रलाई सिफारिस गरेकोमा आगामी भदौ ९ गतेको सचिवालय बैठकले यसबारे टुंगो लाग्ने उहाँको भनाई छ । तत्कालिन माओवादी केन्द्रका जिल्ला सहसचिव रहेका रामदत्त जोशी ‘आरडी’ लेकम गाँउपालिका सर्मोलीका वासिन्दा हुनुहुन्छ । स्थानीय निर्वाचनमा लेकम गाँउपालिकाको अध्यक्षमा समेत जोशीले चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो ।
कार्यदलका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशीले भने नेता गणेशसिह खत्रीलाई पार्टीको जिल्ला अध्यक्ष बनाउन पहल गरेका छन् । केन्द्रीय सदस्य जोशीको पहल र प्रस्तावमा खत्रीलाई दार्चुला पार्टी अध्यक्ष बनाउन कार्यदलका अन्य समेत सहमत भएको स्रोतको भनाई छ । तर कार्यदललाई चुनौती दिदै प्रदेशसभा सदस्य एवं नेता मानवहादुर धामीले फरक व्यक्तिलाई अध्यक्षमा प्रस्तावित गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !