पिथौरागढका डीएम जोगदण्डे द्धारा धारचुलामा रहेका नेपाली मजदुरहरुको अवस्था बारे अनुगमन

0
1237

विरा दत्त भट्ट, दार्चुला

पिथौरागढका जिल्ला अधिकारी विजय कुमार जोगदण्डेले धारचुलामा क्वारेन्टाइमा राखीएका नेपालीहरुको अवस्था बारे अनुगमन गरेका छन् ।
दार्चुला संग जोडीएको भारतको सिमावर्ती बजार धारचुलामा दैनीक नेपालीहरुको संख्या बढिरहेको छ । भारतको विभिन्न ठाउँमा रोजगारी गरिरहेका नेपालीहरु घर फर्किनका लागी मंगलबार सम्म धारचुलामा ७ सय भन्दा बढि संख्यामा पुगेका छन् ।

नेपालीहरुको संख्या बढ्दै गएपछि भारतको पीथौरागढ जिल्लाका जिल्ला अधिकारी विजय कुमार जोगदण्डेले धारचुला पुगेर नेपालीहरुको अवस्था बारे अनुगमन गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
भारतले नेपालीहरुका लागी इन्टर कलेज बलुवाकोट, फायर स्टेशन निगलपानी, मिनि स्टेडियम धारचुला लगायत ५ क्षेत्रमा क्वारेन्टाइनको ब्यवस्थापन गरिएको छ ।

मिनि स्टेडियम धारचुलामा क्वारेन्टाइनमा राखिएका नेपालीहरु


पीथौरागढ जिल्ला अधिकारी जोगदण्डेले र कलेज बलुवाकोट, फायर स्टेशन निगलपानी, मिनि स्टेडियम धारचुलामा रहेका नेपालीहरुको अवस्था बारे मंगलबार अनुगमन गरेका छन् ।
उक्त क्वारेन्टाइनहरुमा राखीएका नेपाली मजदुरहरुलाई नेपाल सरकार संग छलफल भइरहेकोले शान्त रहन आग्रह गरेका छन् । दुबै देशमा लकडाउन भएकाले यस्तो समस्या सिर्जना भएको भन्दै भारत सरकारले खाना, बास र स्वास्थय चेकजाचँको बन्दोबस्त गर्ने नेपाली मजदुरहरुलाई डीएम जोगदण्डेले भरोसा दिएका छन् ।
अनुगमनमा एसपी प्रीती प्रियदर्शनी, धारचुलाका उप-जिल्ला अधिकारी अनिल कुमार शुक्ला सहित विभागीय कर्मचारीह सहभागी रहेका थिए ।