पिथौरागढमा १५ एटिएम बन्द

0
2475

दार्चुला, भदौ ९ गते ।
भारतको पिथौरागढ शहरमा नोट अभावमा १५ एटिएम बन्द रहेका छन् । लामो समयदेखि नोट आपुर्ति नहुँदा एटिएम प्रयोग विहिन बनेका हुन् ।
विभिन्न बैंकहरुमा १५ वटा एटिएमहरु बन्द रहेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । एटिएम बन्द भएपछि स्थानीयलाई समस्या भइरहेको छ । धेसैजसो एटिएम महिनौदेखि बन्द छन् ।
जिल्ला मुख्यालयमा एसविआइको एटिएम तीन महिनादेखि बन्द छ । अल्मोडा अर्ब बैंकको एटिएम पनि प्रयोगविहिन बनेको छ । बन्द भएका १५ एटिएममध्ये ८ वटा बिग्रिएको पत्रिकाले जनाएको छ । गंगोलीहाटमा ८ महिनादेखि एसबीआईको एटिएम बन्द छ भने मुनस्यारी र तेजममा रहेका एसबीआईका एटिएम पनि लामो समयदेखि प्रयोगविहिन रहेका छन् ।