पिथौरागढ शहरमा आठ हजार गाडी

0
2063

दार्चुला, माघ २० गते ।
भारतको पिथौरागढ जिल्ला मुख्यालयमा सवारीसाधनको चाप बढेको छ । पिथौरागढ शहरमा गाडीको संख्या ८ हजारभन्दा बढी रहेको नगरपालिका परिषद्ले जनाएको छ ।
शहरका अधिकांश वासिन्दासंग चारपांग्रे गाडी रहेकोले पार्किङमा समस्या हुँदैआएको छ । पिथौरागढ जिल्लाभरी ३२ हजार ५ सय गाडी छन् । घना वस्ती, साघुरो सडक र भिरालो ठाँउ भएकोले गाडी पार्किङ पिथौरागढ शहरको प्रमुख समस्या बन्दैआएको नगरपालिका अध्यक्ष राजेन्द्र रावतलाई उद्दृत गर्दै हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
नगरपालिका परिषद्ले शहरी क्षेत्रमा ७ नयाँ सडक निर्माण गर्न लागेको छ । नयाँ सडक र बहुतले पार्किङ स्थलको निर्माणपछि गाडी पार्किङमा सहजता आउने नगरपालिकाको भनाई छ । नगरपालिकाका ८ वटा वार्डको क्षेत्र जोड्ने गरी ५० करोडका नयाँ सडक र पार्किङ क्षेत्र बनाइदैछन् ।