पिथौरागढ जिल्लाका सबै मासु पसल बन्द गर्न माग

0
1789

विरा दत्त भट्ट, दार्चुला
कोरोना भाइरसको जोखीमलाई मध्यनजर गर्दै पीथौरागढ जिल्लामा मासु पसलहरु बन्द गर्न माग गरिएको छ । बजरंग दल र वीएचपीले पीथौरागढ जिल्लाका सबै मासु पसलहरु बन्द गर्न माग गरेको हो ।
शुक्रबार बजरंग दल जिल्ला संयोजक सोनम पाण्डे र वीएचपी जिल्ला अध्यक्ष जगदिश पाण्डेको नेतृत्वमा कार्यकर्ताहरुले मासु पसल बन्द लगायतका मागहरु राख्दै पीथौरागढ जिल्लाका डीएमलाई ७ बुदे माग पत्र बुझाएका छन् । मागपत्र बुझाउदै कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दे मासु पसलहरु केही समय सम्म बन्द गर्नुपर्ने, यातायातका साधनहरुमा बढि यात्रु लैजान रोक लगाउनुपर्ने र दिल्ली लगायत विभिन्न क्षेत्रबाट पीथौरागढ प्रबेश गर्नेहरु सबैको स्वास्थ्य परिक्षण गर्नुपर्ने लगायतका मागहरु राखेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
साथै स्वास्थय सुरक्षाका दृष्टीले सडक किनार र नालीहरुमा किटनासक रसायन हाल्न र सार्वजनिक स्थलहरुमा भिडभाडमा रोक लगाउन पीथौरागढ जिल्लाका डिएमलाई अनुरोध गरेका छन् ।