पीथौरागढ बजारमा गहुँको पीठो सकियो, ४ महिना पुग्ने खाद्यान्न ५ दिनमा विक्री

1437

विरा दत्त भट्ट, दार्चुला ।

कोरोनाको प्रभावले लकडाउन भएपछि पीथौरागढ बजारमा गहुँको पीठो सकिएको छ । पीथौरागढको जिल्ला मुख्यालय नजिकका बजारहरुमा पुर्ण रुपमा गहुँको पीठो सकिएको भारतीय अनलाइन पत्रिका लाइभ हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
गहुँको पीठो संगै अधिकाश दैनिक उपभोग्य बस्तुको अभाव भएपछि नागरिकहरु समस्यामा परेका छन् । शनिवार विहान ७ बजे देखि १ बजे सम्म खाद्यान्नका पसलहरु खुला थिए तर अधिकाशं पसलहरुमा उपभोक्ताहरुले गहुँको पीठो नपाएपछि रित्तो हात फर्र्किका थिए ।
एकैसाथ पीथौरागढ बजारमा रहेको सबै आटा सकिएपछि गरीब र श्रमीकहरु बढि समस्यामा परेका छन ।
भारतीय अनलाइन पत्रिका हिन्दुस्ता दैनिकका अनुसार पछिल्ला ५ दिनहरुमा अधिकाशं ब्यक्तिहरुले ५ महिना सम्म पुग्ने बजारमा रहेको खाद्यान्न किनेपछी बजारमा खाद्यान्नको समस्या देखिएको हो । ब्यापारीहरुका अनुसार खटीमा र हल्द्वानीबाट गहुँको पीठो नआएकाले बजारमा अभाव भएको हो ।
आवस्कता भन्दा बढि स्टोर नगर्न नागरिकहरुलाई अपील
यसरी पीथौरागढका सबै पसलहरुमा गहुँको पीठो सकिएपछि आपत सेवा समितिका राजेन्द्र चिलकोटीले नागरिकहरुलाई घरमा लगेर पीठो, चामल स्टोर नगर्न अपील गरेका छन् । स्टोर गर्दा गरिब र श्रमीकहरु समस्यामा पर्ने भएकाले सक्षम ब्यक्तिहरुलाई आफ्ना लागी मात्रै नभएर समुदायका लागी पनि समस्याको बेलामा सोच्न आग्रह गरेका छन् ।
५ दिनमा ४ महिना सम्म पुग्ने सामग्री विक्री
पीथौरागढ नगरपालिकाका राशन विक्रेता सुनिल कुमारले पछिल्ला ५ दिनहरुमा खाद्यान्नको ४ महिना सम्म हुने औषत कारोबार भएको बताएका छन् । लकडानउनको समयमा राम्रो ब्यापार भइरहेको अर्का ब्यापारी कर्मेन्द जोशीले बताएका छन् । अब पसलहरुमा सामान नभएको र आयात नभइरहेकाले समस्या भएको ब्यापारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !