प्रदेशसभा सदस्य बोहरालाई धारचुलामा सम्मान

0
2962

दार्चुला, मंसिर २२ गते ।
भारतको धारचुलामा सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिह बोहरालाई सम्मानित गरिएको छ । शौका समुदायको रं कल्याण संस्थाले समाजसेवाबाट महत्वपूर्ण योगदान पुर्याएको र प्रदेशसभा सदस्य बन्न सफल भएकोमा सम्मानित गरेको हो ।
शनिवार धारचुलामा आयोजित रं महोत्सवमा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिह रावतले दोसल्ला ओढाएर बोहरालाई सम्मानित गर्नुभएको हो । प्रदेशसभा सदस्यलाई सम्मानपत्र समेत दिइएको छ । रं कल्याण संस्थाको संस्थागत विकास र शौका समुदायको विकासमा महत्वपूर्ण योगदान पुर्याएकाले सम्मानित गरिएको आयोजकले बताएका छन् ।
बोहरा रं कल्याण संस्थाका उपाध्यक्ष पनि हुनुहुन्छ । नेपाल र भारत दुबैतर्फ बसोवास रहेका शौका समुदायले साझा संस्थाको रुपमा रं कल्याण संस्था रहेको छ । संस्थाको स्थापना ३० वर्षअघि भएको थियो ।