प्रदेश कमिटीमा एमालेबाट सर्वाधिक कञ्चनपुरका

0
2357

दार्चुला, मंसिर १९ गते ।
नेपाल कम्युनिष्ट पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीमा कञ्चनपुरबाट सर्वाधिक नेता छनोट भएका छन् । एमालेबाट प्रदेश कमिटी सदस्य बनेकाहरुमध्ये कञ्चनपुरबाट मात्रै २२ जना छन् ।
एमालेको एक सयजनाको सुचीमा दार्चुलाबाट सबैभन्दा कम अर्थात ४ जनाको नाम समावेश छ ।
मंसिर १२ गते नेकपाको सचिवालयले टुंग्याएको प्रदेश कमिटीको विवरण सोमबार मात्रै सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको विवरणअनुसार कञ्चनपुरका २ महिला नेतृसहित २२ जना प्रदेश कमिटीमा पुगेका छन् । स्वर्गिय नेता प्रेमसिह धामीका धर्मपत्नी नन्दादेवी धामी ४९औं नम्बरमा र कमला बोहराको नाम ८४औं नम्बरमा रहेको छ ।
कैलालीबाट २० जना प्रदेश कमिटी सदस्य बनेका छन् । नेकपाको सुदूरपश्चिम इन्चार्ज भीम रावलको गृहजिल्लाबाट १४ जना प्रदेश कमिटीमा छनोट भएका छन् । बैतडीबाट ११ जना, डोटीबाट ८ जना, बझाङ, बाजुरा र डडेल्धुराबाट ७÷७ जना प्रदेश कमिटी सदस्य बनेका छन् ।
माओवादी केन्द्रका बढी कैलालीबाट
दार्चुला, मंसिर १८ गते ।
नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीमा कैलालीबाट बढी सदस्य छनोट भएका छन् । कैलालीबाट २० जना प्रदेश कमिटीमा छनोट भएका छन् । ८३ जनाको सूचीमध्ये कञ्चनपुरबाट १६ जना र अछामबाट ९ जना प्रदेश कमिटी सदस्य बनेका छन् ।
दार्चुला र बैतडीबाट ८÷८ जना, बझाङ र बाजुराबाट ६÷६ जना तथा डोटी र डडेल्धुराबाट ५÷५ जना प्रदेश कमिटीमा माओवादी केन्द्रबाट छनोट भएका छन् । माओवादीका पूर्वमन्त्री गौरीशंकर चौधरीको नाम पहिलो नम्बरमा छ ।
पूर्व सांसद हरि श्रीपाइली, दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य मानवहादुर धामी र बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट पनि प्रदेश कमिटी सदस्य बनेका छन् । प्रदेशसभा सदस्य मानवहादुर धामी पाँचौ नम्बरमा, पूर्व सांसद श्रीपाइली छैठौ नम्बरमा र प्रदेशसभा सदस्य भट्टको नाम सातौ नम्बरमा छ ।