प्रदेश मुख्यसचिव दार्चुलामा

2438

दार्चुला, मंसिर ७ गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यसचिव पहिलो पटक शुक्रवार दार्चुला पुगेका छन् । नयाँ संरचना अनुसार कार्यालयहरुको व्यवस्थापन हुँदै गर्दा मुख्यसचिव नारायणप्रशाद बिडारी मुख्यसचिवको हैसियतले पहिलो पटक दार्चुला आउनुभएको हो ।
बिडारीले आफु ३३ वर्ष पहिले पनि दार्चुला आएको शुक्रवार सम्पन्न कार्यालय प्रमुखहरुको बैठकमा जानकारी दिनुभएको छ । मुख्यसचिव बिडारीले कर्मचारीहरुलाई सेवा प्रवाहमा थप चुस्तता ल्याउन निर्देशन गर्नु भएको छ । ‘परिवर्तित संरचनामा जनताको अपेक्षा बढी छ, जनअपेक्षा अनुसार सेवा प्रवाहमा चुस्तता ल्याउन निर्देशन दिनुभएको छ’ प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले भन्नुभयो ।
सरकारी कार्यालयहरुले आफ्ना कामहरु समन्वयात्मक हिसाबले अगाडि बढाउनु पर्ने कुरामा पनि मुख्यसचिव बिडारीले जोड दिनुभएको छ र्। प्राविधिक छैनन् भनेर विकास निर्माणका कामलाई रोक्नु भन्दा पायक पर्ने कार्यालयबाट प्राविधिक सहयोग लिएर विकास निर्माणका कामलाई सम्पन्न गर्नु पर्ने’ मुख्यसचिव बिडारीको भनाई छ ।
शुक्रवार बिहान दार्चुला पुगेका सुदुरपश्चिम प्रदेशका मूख्य सचिव नारायणप्रशाद बिडारी शनिवार बिहानै कार्य क्षेत्र फर्किने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !