बादी समुदायका लागि शैल्यशिखर नगरपालिकाले खाद्यान्नको ब्यवस्थापन गर्ने

0
1473

दार्चुला, चैत्र १५ गते ।

बादी समुदायका लागि शैल्यशिखर नगरपालिकाले खाद्यान्नको ब्यवस्थापन गर्ने भएको छ । कोरोना भाइरसको प्रकोपले देश भरि नै लकडाउन गरिएपछि दैनिक मजदुरी गरेर छाक टार्ने बादी समुदाय मर्कामा परेका बेला नगरपालिकाले खाद्यान्नको ब्यवस्थापन गर्ने शैल्यशिखर नगरपालिकाले जनाएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा चौलानी नदि किनारमा टहरा बनाई बादि समुदाय बसोबास गरिरहेका छन् ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बजार क्षेत्रमा २८ परिवार र नक्तडका १२ गरि जम्मा ४० परिवार अहिले समस्यामा परेका छन् । घर जग्गा विहीन बादी समुदायका नागरिकहरुले लकडाउनका बेला काम नपाएपछि खानका लागी समेत समस्या भएको दुखेसो पोखेका छन् ।
शैल्यशिखर नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण विशेष कार्यदलको बैठकले बादी समुदायलाई चैत्र मसान्तसम्मको खाद्यान्नको व्यवस्थापन गर्ने निर्णय गरेकाले सोही अनुसार खाद्यान्नको ब्यवस्था गर्न लागिएको छ ।
समस्यामा परेका बादी समुदायको खाद्यान्न व्यवस्थापन शैल्यशिखर नगरपालिकाले गर्ने नगर प्रमुख अमरसिँह धामीको भनाई छ । उनिहरुका लागी यो महिना सम्म नगरपालिकाले खाद्यन्न व्यवस्थापन गरिदिने नगर प्रमुख धामीले बताएका छन् ।